
राजविराज । सप्तरीको राजविराज नगरपालिकाका निलम्बित मेयर भीमराज यादवले लगाएको ताला कावा मेयर इसरत परबिन नेतृत्वको जनप्रतिनिधिले तोडेपछि झडप भएको छ ।
गत आइतबार यादवले लगाएको ताला मङ्गलबार बिहान परबिन नेतृत्वको टोलीले तोडेर निमित्त प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र यादवलाई हाजिर गराएका छन् ।
ताला तोडिए लगत्तै यादवकै नेतृत्वमा उनका समर्थकरुले नगरपालिका कार्यालयमा नाराबाजी गर्दै तोडफोड गरेका छन् । कार्यालय भवनको अधिकांश सिसा उनीहरूले फुटाएका छन् । यस्तै, बारुण यन्त्रका कर्मचारी बस्ने भवनका समेत सम्पूर्ण सिसा उनीहरूले फुटाएका छन् ।
ती समूहले नगरपालिकाका लेखापाल शत्रुधनलाल दासलाई निर्घात कुटपिट गरेका छन् । कुटपिटबाट गम्भीर घाइते भएका दासको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ ।
ती समूहले नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी सन्तोष दासलाई समेत हातपात गरेका छन् भने फोटो खिचिरहेका तीन जना सर्वसाधारणको मोबाइल खोसेर फुटाइदिएका छन् ।
प्रहरीको उपस्थितिमै उनीहरूले व्यापक तोडफोड गरेका हुन् । तोडफोडबाट लाखौको क्षति भएको छ ।
कावा मेयर इसरत परबिनस हितका जनप्रतिनिधि प्रमुख प्रशासकीय अधिकृत यादवलाई हाजिरी गराउन कार्यालयको माथिल्लो तल्लामा गएपछि तल भीमराजका समर्थकले टायर बालेर प्रदर्शन गरिरहेका छन् भने नेपाल तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
प्रमुख प्रशासकीय अधिकृतको सरुवाको विषयलाई लिएर नगरपालिकाका निलम्बित मेयर भीमराज यादवले आइतबार नगरपालिकाको कार्यालयमा ताला लगाएका थिए । यसअघिका प्रमुख प्रशासकीय अधिकृत डा. श्रवण साहको ठाउँमा शिक्षा शाखाका प्रमुख भोगेन्द्र यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाइएपछि यादवले प्रदर्शन गर्दै तालाबन्दी नै गरेका थिए ।
यो विषयमा सोमबार दिनभर जिल्ला प्रशासन कार्यालयमा छलफल हुँदा समेत निष्कर्षमा पुग्न सकेको थिएन ।
आन्दोलनमा दुई पक्षबीच घम्साघम्सी र ढुंगामुढा समेत भएको छ । कार्यवाहक नगरप्रमुख सहित निमित्त कार्यालय प्रमुख अहिले प्रहरीको सुरक्षा बिच नगरपालिका भित्र थुनिएका छन्। सुरक्षाको दृष्टिकोणले यहाँ व्यापक प्रहरी परिचालन गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच