
काठमाडौं । प्रहरीले काठमाडौंको टोखामा गोली हानेर दुई जना लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । गोली चल्दा दुई जना प्रहरी पनि घाइते भएका छन् ।
मंगलबार दिउँसो ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध रहेको आशंकामा प्रहरीले एउटा समूहलाई पछ्याउने क्रममा गोली चलेको हो ।
प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले ग्राण्डी अस्पताल नजिकैबाट उनीहरूलाई नियन्त्रणमा लिएको ब्यूरोका प्रमुख, एसएसपी कृष्ण कोइरालाले जानकारी दिनुभयो । उनीहरूका साथबाट लागूऔषध खैरो हेरोइन करिब २०० ग्राम बरामद भएको एसएसपी कोइरालाले बताउनु भयो ।
लागूऔषध कारोबारको सूचना पाएपछि ब्यूरोका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बालकृष्ण सञ्जेलसहितको टोली टोखा पुगेको थियो ।
उनीहरुलाई उपचारका लागि अस्पताल लगिँदैछ । घाइतेको नाम भने खुलेको छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच