
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको भेरी नगरपालिका १० स्थित रानीचौर सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष कर्णबहादुर शाहीविरुद्ध विशेष अदालत, काठमाडौमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार शाहीले वन उपभोक्ता समूहको नेपाल बैंक लिमिटेड जाजरकोट शाखामा रहेको खाताबाट मिति २०७८ चैत २० गते ७ लाख रूपैयाँ रकम चेकमार्फत् झिक्न लगाई सो रकममध्ये ६३ हजार ९५३ रूपैयाँ राजस्व दाखिला र लेखापरीक्षण वापत कानूनसम्मत खर्च गरेको पाइएको छ ।
शाहीले कृषि विकास बैंक लिमिटेडको १४ वटा झुट्टा तथा नक्कली राजस्व दाखिला भौचर, कुशे व्यावसायिक परामर्श तथा अनुसन्धान सेवाबाट लेखापरीक्षण गराइएको भनी ७ वटा नक्कली बिल, राज परामर्श सेवाबाट सेवा लिएको भनी १ वटा नक्कली बिल र होटल धौलागिरी एण्ड रेष्टुरेन्टको ३ वटा नक्कली बिल तयार पारी रानीचौर सामुदायिक वन उपभोक्ता समूहमा पेस समेत गरी आफूलाई गैरकानूनी लाभ र वन उपभोक्ता समूहको खातामा रहेको सरकारी सम्पत्ति/रकम ६ लाख ३६ ४७ रूपैयाँ बदनियतपूर्वक हिनामिना गरेको आयोगको आरोप छ ।
आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार उनलाई भ्रष्टाचार निवारण ऐन२०५९ को दफा ९ अन्तर्गतको कसूर र सरकारी तथा सार्वजनिक संस्थाको कागजातमा अनाधिकार वा गैरकानूनी तरिकाले सच्याउने, केरमेट गर्ने, थपघट गर्ने एवं हेरफेर गरेकोले भ्रष्टाचार दफा ११ बमोजिमको कसूरमा कैद र जरिवाना समेतको सजायका लागि मागदाबी लिइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच