
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र ‘बालेन’ साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कान्स फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स जाँदाको खर्चविवरणबारे जानकारी दिन बोलाएको छ ।
महालेखापरीक्षकको कार्यालयले तयार पारेको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदनमा महानगरको खर्चमा उच्च अनियमितता देखिएको भन्दै आयोगमा बोलाएको हो ।
२०८१ जेठ १ गते कान्स फिल्म फेस्टिभलमा सहभागी हुँदा फ्रान्स भ्रमणमा जाने क्रममा सचिवालयका केही सदस्यलाई समेत कर्मचारीका रूपमा लगेको विषयमा महालेखा परीक्षकको कार्यालयलेसमेत प्रश्न उठाएको अवस्थामा अख्तियारमा उजुरी परेको थियो ।
बालेन कान्स फिल्म फेस्टिभल भ्रमणमा सहभागी हुने क्रममा साढे २२ लाख रूपैयाँ भन्दा बढी खर्च भएको विवरण महालेखापरीक्षकको प्रतिवेदनमा भेटिएको छ।
बालेनले विदेश भ्रमणमा जाँदा अनुमतिसमेत नलिएको खुलेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच