
काठमाडौं । खाना पकाउँदै गर्दा प्रेसर कुकर पड्किँदा हुम्लाको ताँजाकोट गाउँपालिका—५ पाँदा की दुरपता बोहोरा घाइते हुनुभएको छ।
मंगलबार बिहान ८ बजे तिर आफ्नै घरमा खाना पकाउदै गर्दा कुकर पट्कीएर कुकरमा भएका दाल अनुहारमा पर्दा घाइते हुनुभएको हाे।
कुकर जाम भएर वासर फुत्किँदा पड्किएपछि नजिकै बसिरहेका बेला तातो दालले बोहोराको अनुहार र घाँटी तातो जलेको बुवा छक्कबहादुर बाहोराले बताउनुभयो । बोहोराले यसै बर्ष एसइई दिनु भएकाे हाे ।
बोहोराको उपचारका लागि उहाँका बुवाले सोही वडाकै पैमामा लगेर अहिले उपचार भइरहेको छ । उपचार सम्भव नभए सहरी क्षेत्रतर्फ लगिने उहाँले बताउनु भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच