
सिन्धुली । अत्यधिक गर्मी बढेपछि कमलामाई नगरपालिका, सिन्धुलीभित्रका विद्यालय तीन दिनका लागि बन्द हुने भएका छन् ।
अत्यधिक तापक्रमका कारण बालबालिका बिरामी पर्न थालेपछि कमलामाईमा यही जेठ २८ गतेदेखि जेठ ३० गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।
प्रतिकुल मौसमका कारण बालबालिकालाई पठनपाठनमा अफ्ट्यारो भई जनस्वास्थ्यमासमेत असर पर्ने देखिएकाले वर्षे विदाबाट कट्टी हुने गरि नगर क्षेत्रभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयलाई तीन दिन विदा दिईएको नगर प्रमुख उपेन्द्र कुमार पोखेरेलले बताउनुभयो ।
मौसम अनुकुल हुने वित्तिकै पर्वव्त रुपमा सञ्चालन गर्न विद्यालयहरुलाई अनुरोध गदैँ सबै विद्यालय बन्द गर्न मंगलबार सूचना प्रकाशितसमेत गरिएको छ ।
अत्यधिक गर्मीका कारण बालबालिकालाई वान्ता हुने, टाउको दुख्ने, ज्वरो आउनेजस्तो समस्या देखिन थालेको जनाइएको छ । यसअघि बालबालिकाको स्वास्थ्यलाई ध्यान दिएर केही दिन विद्यालय बन्द गरिनु पर्ने अभिभावकको माग थियो ।
चिकित्सकले गर्मीसँगै तातो हावा र लु चल्नेक्रम जारी रहेकाले दिउँसोको समय घरबाहिर हिँडडुल नगर्न तथा बालबालिकालाई पर्याप्त मात्रामा पानी खुवाउन अनुरोध गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच