नेपालगञ्ज । बाँकेको कोहलपुरमा ‘कोहलपुर नगरस्तरीय प्रथम खुला बुद्धिचाल प्रतियोगिता-२०८२ हुने भएको छ । गोल्डेन नाइट युथ क्लबको आयोजना र कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा जेठ ३० र ३१ गते प्रतियोगिता सञ्चालन हुने भएको हो । क्लबका अध्यक्ष अभिराज क्षेत्रीले खुला र कोहलपुर क्षेत्रका विद्यार्थीहरूलाई लक्षित गरेर छात्रछात्राबीच प्रतियोगिता सञ्चालन हुने जानकारी दिनुुभयो । उहाँका अनुसार कोहलपुरमा यस्तो प्रतियोगिता पहिलोपटक सञ्चालन गर्न लागिएको हो ।
बुद्धिचाल खेल प्रवद्र्धनका लागि कोहलपुरमा अहिलेसम्मकै धेरै पुरस्कार राशिको प्रतियोगिता आयोजना गर्न लागिएको उहाँले बताउनुभयो । खुलातर्फ प्रथम हुनेलाई नगद ६ हजार, द्वितीय हुनेलाई चार हजार, तृतीय हुनेलाई दुई हजार पाँच सय, चौथो हुनेलाई एक हजार पाँच सय र पाँचौं स्थान हासिल गर्नेलाई एक हजार रुपैयाँ पुरस्कार रहेको उहाँले बताउनुभयो ।
विद्यार्थीतर्फ छात्र र छात्रामा प्रथम हुनेलाई एक हजार पाँच सय, द्वितीय हुनेलाई एक हजार, तृतीय स्थान हासिल गर्नेलाई आठ सय रुपैयाँ र १० वर्षमुनिकालाई समान आठ/आठ सय रुपैयाँ पुरस्कार राशिको व्यवस्था गरिएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच