
काठमाडौं ।आइसिसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले नेदरल्यान्ड्सलाई २३७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा टस हारेरे पहिला ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा पूरा ओभर खेल्दै २३६ रन बनायो।
नेपालका लागि आरिफ शेखले सर्वाधिक ८४ रन बनाए । ८५ बल खेलेका उनले ७ चौका र २ छक्का प्रहार गरे । त्यस्तै भीम सार्की र कप्तान रोहित पौडेलले समान ३५ रन बनाए । कुशल भुर्तेलले १८ तथा दिपेन्द्रसिंह ऐरीले १६ रन बनाए । नन्दन यादव १० रनमा अविजित रहे ।
नेदरल्याण्ड्सका लागि पल भान मिकेरनले १० ओभरमा ५८ रन दिएर ४ विकेट लिए । माइकल लेभिटले ३ तथा आर्यन दत्तले १ विकेट लिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच