
काठमाडौं । साहित्यकार भीष्मराज फुलाराको शब्द रचना रहेको नयाँ गीत ‘पुतली’ सार्वजनिक भएको छ । राजेन्द्र बजगाईंको संगीत, आशिष अबिरल र एलिना चौहानको स्वर रहेको गीतमा बलिउडमा आफ्नो बेग्लै पहिचान बनाउन सफल ‘सञ्जु’ चलचित्रको ‘मै भी बडीया तु भी बडीया’ जस्ता थुप्रै भारतीय गीतका संगीत संयोजक निषाध चन्द्राको संगीत संयोजन र आशिषकै मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजिनक भएको हो ।
सुनिल विकको निर्देशन रहेको गीतको भिडियोमा प्रदीप लामा, जुना सुन्दास, अनिशा क्षेत्री, लाक्पा लामा, तनुजा बुढामगर, सुमित राजबंशीलगायतको अभिनय छ ।
शियोन श्रेष्ठको कोरियोग्राफी रहेको गीतको भिडियोमा अनिलके मानन्धरको छायांकन, राजु लामाको सहायक छायांकन, अविनाश मानन्धरको ड्रोन, प्रवीन भट्टको दृश्य सम्पादन, मिलन विश्वकर्माको कलर, ज्योति केसी र नवीन खड्काको शृंगार र निर्मल न्यौपानेको प्रोडक्सन छ । भिडियोलाई एपी चलचित्र प्रोडक्सन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच