
काठमाडौं । साउन २३ गतेदेखि सिनेमाघरमा आउने मिति तय गरेको चलचित्र ‘मोहर’को टिजर सार्वजनिक गरिएको छ । निर्माणपक्षले सार्वजनिक गरेको टिजरमा ‘देउकी’को कथालाई छ । ओम प्रतीकको लेखन तथा निर्देशनमा तयार भएका यो चलचित्रले देउकी प्रथाको कथा भन्ने संकेत गरेको छ । टिजरमा नायक पल शाहको दोहोरो भूमिका देखिनुभएको छ । टिजरमा पलसँगै बेनिशा हमाल, बाल कलाकार सारा शर्मा, नीति शाहलगायत हुनुहुन्छ ।
मेकर्स प्रालिको प्रस्तुतिमा तयार भएको चलचित्रका निर्माता चुम्बनजंग शाही हुनुहुन्छ । चलचित्रमा अर्जुनजंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशील देवकोटालगायत कलाकारको अभिनय छ ।
चलचित्रमा दिपेन बस्न्यातको डीओपी, भुपेन्द्र अधिकारीको सम्पादन, कुमार महर्जनको द्वन्द्व निर्देशन, कविराज गतहराज र रामजी लामिछानेको कोरियोग्राफी, सुरेश अधिकारी, थानेश्वर गौतम र एसडी योगीको संगीत, समिर मियाँको भिएफएक्स तथा सत्यम रानाको सिजिआई छ । चलचित्रको टिजर साहिल खानले तयार पार्नुभएको हो । ‘मोहर’लाई नलेखिएको नियमको कथा भनिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच