सर्लाही । उद्योग वाणिज्य संघ लालबन्दीको अध्यक्षमा महेशकुमार महतो निर्विरोध निर्वाचित हुनुभएको छ । संघको अध्यक्ष पदमा अन्य कसैले उम्मेदवारी नदिएपछि महतोको एकल उम्मेदवारी परेकाले उहाँ सातौं अध्यक्षका रूपमा निर्विरोध हुनुभएको हो । लालबन्दी नगरपालिका-७ स्थित बजारमा रहेको ‘महेश हार्डवेयर’का सञ्चालक महतोले संघको नेतृत्व सम्हाल्नुहुनेछ । निर्वाचन समितिका संयोजक कल्याणकुमार जोशीले उम्मेदवारी फिर्ता तथा दाबी विरोध प्रक्रिया सम्पन्न गरेपछि निर्विरोध उम्मेदवार घोषणा गरिएको बताउनुभयो ।
उहाँका अनुसार सोमबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएकोमा अध्यक्षसहित अन्य सबै पदमा पनि एकल उम्मेदवारी परेकाले सम्पूर्ण पदाधिकारी तथा सदस्य निर्विरोध भएका हुन् ।
नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष रामप्रसाद देवकोटा, उद्योगतर्फको उपाध्यक्षमा विशाल थापा, वाणिज्यतर्फका उपाध्यक्ष राजकुमार चौधरी, महासचिवमा गोपालबहादुर श्रेष्ठ, कोषाध्यक्षमा विक्रम खड्का, उपमहासचिवमा सञ्जित शंकर, सचिवमा कमलाकुमारी थापा र सहसचिवमा सुधिरकुमार गुप्ता रहेका छन् । सदस्यमा देवकला कुमारी, ओमकुमारी थापा, रेविका विश्वकर्मा, वर्षाकुमारी लामा, विमलेश साह, दिलिपकुमार पाठक, पदमप्रसाद घिमिरे, कृष्ण बछार, आलोककुमार कुशवाहा, किरण घिमिरे, मनोज श्रेष्ठ र कृष्ण कुमार रहेका छन् ।
संघको १०औँ अधिवेशनसहितको साधारणसभा शनिबार उद्घाटन भएको थियो । नयाँ कार्यसमिति चयनमा सहमति जुट्न नसके असार ४ गते मतदान गर्ने गरी तालिका सार्वजनिक गरिएको थियो तर सबै पदमा एकल उम्मेदवारी परेसँगै मतदान प्रक्रिया आवश्यक नपरेको हो । संघमा हाल एक सय ७९ जना आजीवन सदस्य र सात सय ४५ जना साधारण सदस्य रहेका निवर्तमान अध्यक्ष दीपेन्द्रकुमार बलम्पाकीले जानकारी दिनुभएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच