
काठमाडौं । ब्राजिल सन् २०२६ को विश्वकपका लागि छनोट भएको छ। बुधबार बिहान भएको खेलमा ५ पटकको विश्वकप विजेता ब्राजिलले पाराग्वेलाई १–० ले हराएको हो।
ब्राजिलका लागि खेलको ४४ औँ मिनेटमा भिन्सियस जुनियरले निर्णायक गोल गर्नुभयो । एन्सेलोटीले टोलीको जिम्मा सम्हालेपछि गत साता भएको खेलमा ब्राजिललाई इक्वेडरले गोल रहित बराबरीमा रोकेको थियो।
जितपछि ब्राजिलको २५ अङ्क भएको छ। दक्षिण अमेरिकाबाट ६ टोली सिधै विश्वकपमा प्रवेश गर्ने छन्। दक्षिण अमेरिकी समूहमा अब दुई खेल खेल्न बाँकी छ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच