धादिङ । धादिङको निलकण्ठ नगरपालिका स्थित सदरमुकाम धादिङबेशीमा वितरण हुँदै आएको खानेपानीमा दिशामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ ।
केहि समयदेखि जनस्वास्थ्य कार्यालय धादिङले संकलन गरेको खानेपानीको नमूना प्रदेश जनस्वास्थ्य प्रयोगशालामा लगेर परीक्षण गर्दा दिशामा पाइने कोलिफर्म नामक हानिकारक जीवाणु फेला परेको पुष्टि भएको हो ।
नीलकण्ठ नगरपालिकाका बिभिन्न वितरण हुँदै आएको पिउने पानीको तीनओटा मुहानबाट सङ्कलित नमुना परीक्षण गर्दा दुईवटा मूलको पानी पिउन योग्य नै नभएको जनस्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
सबै मुहान एउटै स्थानमा जम्मा गरी पानी वितरण गर्ने हुनाले पानी उमालेर मात्र खान नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का अध्यक्ष राजकुमार श्रेष्ठले आग्रह गर्नु भएको छ ।
कोलिफर्म मानिस, गाइबस्तु, चराचुरुङ्गी जस्ता तातो रगत भएका पशुपंक्षीको दिसामा पाइन्छ । कोलिफर्म भनेको कुनै एउटा व्याक्टेरिया मात्र नभई दर्जनभन्दा बढी ब्याक्टेरियाहरुको समूह हो ।
कुनै पानीमा कोलिफर्म भेटिनु भनेकै मानिस लगायत कुनै न कुनै पशुपंक्षीको दिसा मिसिनु र कोलिफर्मको मात्रा कति मिसिएको छ भन्ने कुराले त्यस्तो पानी पिउन हुने वा नहुने भन्ने निर्धारण गर्ने चिकित्सकको भनाइ छ । खासगरी बर्षायाममा परेको पानी भेलको रुपमा परिणत भएर भिरालो जमिनबाट खोंचतिर बहन्छ । खोंचमा पानीको मूहान हुन्छ । भिरालो पाखा भित्तामा मानिसले खुला दिसा गरेको हुनसक्छ वा मानिसको मात्र नभएर पशुचौपायाको गोबर तथा चराचुरुङ्गीको विष्टा पनि हुनसक्छ ।
यसरी हावा तथा पानीको माध्यमबाट खुला ठाउँको दिसा तथा गोबर पानीमा मिसिन्छ र परिक्षण गर्दा खानेपानीमा कोलिफर्म भेटिन्छ । सामान्यतयः पानीमा कोलिफर्म हुनु भनेको पानी प्रदूषित वा पिउन अयोग्य हुनु हो ।
कोलिफर्म आँखाले देख्न सकिन्न तर कोलिफर्म मिसिएको पानी पिउँदा मानिसमा झाडापखाला लाग्न सक्छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…