
लण्डन । इंग्ल्याण्डले तेस्रो टी-२० आई खेलमा वेष्ट इण्डिजविरुद्ध ३७ रनको जित हात पार्दै सिरिजमा क्लिन स्विप गरेको छ । यसअघि सुरुवाती दुई खेल इंग्ल्याण्डले २१ रन र ४ विकेटले जितेको थियो । तेस्रो खेलमा जित्नलाई २४९ रनको विशाल लक्ष्य पछ्याएको वेष्ट इण्डिजले २० ओभरमा ८ विकेट गुमाउँदै २११ रन बनाएको हो । वेष्ट इण्डिजका रोभम्यान पावेलले ४५ बलमा सर्वाधिक ७९ रनको अविजित इनिङ खेले पनि टोलीलाई जिताउन सक्नुभएन ।
कप्तान शाई होप २७ बलमा ४५, शिम्रन हेटमायर २६, जेसन होल्डर २५, इभिन लुइस र जोनसन चाल्र्स समान ९ रनमा आउट हुनुभयो । इंग्ल्याण्डका ल्युक वुडले ३, आदिल राशिदले २, बाइडेन केस, जेकोब बेथल र लियाम डावसनले समान १ विकेट लिनुभयो ।
त्यसअघि साउथहृयाप्टनमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले २० ओभरमा ३ विकेट गुमाउँदै २४८ रन बनाएको थियो ।
इंग्ल्याण्डका ओपनर बेन डकेटले ४६ बलमा सर्वाधिक ८४ रन बनाउनुभयो । अर्का ओपनर जेमी स्मिथले २६ बलमा ६० रन जोड्नुभयो । ओपनर स्मिथ र डकेटले पहिलो विकेटलाई ८.५ ओभरमा १२० रन जोड्दै इंग्ल्याण्डलाई सानदार सुरुवात दिलाउनुभयो । त्यसपछि जस बटलर २२, हृयारी ब्रुक ३५ र जेकोब बेथलले ३६ रनको योगदान दिनुभयो । वेष्ट इण्डिजका अकिल हुसेन, गुडाकेश मोती र शेर्फान रदरफोर्डले समान १ विकेट लिनुभयो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच