
काठमाडौं । कृषि विकास बैंक ‘ए’ ले १४औँ कर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत फुटसलमा बुधबार दोहोरो उपाधि जितेको छ । कृषिको पुरुष र महिला दुवै टिम च्याम्पियन बने । दुवैको निर्णय पेनाल्टी सुटआउटबाट निस्केको थियो ।
टोखास्थित ग्राण्डी स्पोट्र्स सेन्टरमा भएको पुरुषको फाइनलमा कृषिले नेपाल नागरिक उड्डयन प्राधिकरण ‘ए’ लाई टाइब्रेकरमा चार–तीन गोलले पराजित ग¥यो । निर्धारित समयमा एक-एक गोलको बराबरीमा खेल टुंगिएको थियो ।
नेपाल वायु सेवा निगमले काठमाडौं खानेपानी लिमिटेडलाई दुई-शून्य गोलले हराउँदै तेस्रो भयो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५५ हजार, ३३ हजार र २२ हजार नगद पुरस्कार हात पारे ।
कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) द्वारा आयोजित प्रतियोगिताको महिलाको उपाधि भिडन्तमा कृषिले नेपाल बैंक लिमिटेडलाई पेनाल्टी सुटआउटमा पाँच-चारले हरायो । निर्धारित समयको खेल एक-एक गोलको बराबरीमा सकिएको थियो । विजेताले ३० हजार र उपविजेताले २० हजार नगद पुरस्कार पाए ।
फुटसलसँगै १४औँ कर्मचारी खेलकुद सम्पन्न भएको छ । फुटसलसहित ब्याडमिन्टन र टेबलटेनिस गरी तीन खेलको प्रतिस्पर्धा भएको थियो । ब्याडमिन्टनमा ६ स्पर्धा थिए । त्यसमा नेपाल विद्युत् प्राधिकरणले स्वर्णमा ‘क्लिन स्विप’ गर्यो । टेबलटेनिसमा चार स्पर्धामा खेल भएको थियो । राष्ट्रिय वाणिज्य बैंकले तीन तथा नेपाल नागरिक उड्डयन प्राधिकरणले एक स्वर्ण जिते ।
विजेतालाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेल, आयोजक इसानका अध्यक्ष रामविनय श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभएको थियो । जेठ २१ गतेदेखि सुरु भएको प्रतियोगितामा विभिन्न १९ संस्थाका ३२७ प्रतिस्पर्धी सहभागी थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच