
काठमाडौं । एएफसी एसियन कप छनोटमा नेपाली राष्ट्रिय फुटबल टोली लाओससँग पराजित भएको छ । लाओसको न्यु लाओस नेसनल स्टेडियममा भएको खेलमा नेपाल २-१ ले पराजित भएको हो । लाओसले नेपालसँग सातौं अवसरमा जित हासिल गरेको हो । यसअघिका ६ भेटमा लाओसले नेपालसँग तीन हार र तीन बराबरी खेलेको थियो ।
लाओसको जितमा मिडफिल्डर डामोथ थोङखामसााथ र स्ट्राइकर पिटर फानथाभोङले गोल गर्नुभयो । दुई गोलले पछाडि परेको अवस्थामा नेपालका लागि मिडफिल्डर मनिष डाँगीले फर्काएको गोल सान्त्वना बन्न पुग्यो । छनोटको तेस्रो चरणमा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि आफ्नो पहिलो खेलमा नेपालले मलेसियासँग २-० को पराजय बेहोरेको थियो । यो नतिजासँगै नेपाल अंकतालिकाको पुछारमा झरेको छ । यसअघि गोल भिन्नताका आधारमा नेपालभन्दा पछाडि रहेको लाओस तेस्रो स्थानमा उक्लियो ।
डामोथले खेलको १३औँ मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाउनुभएको थियो । दोस्रो हाफको सुरुवाती पाँच मिनेटभित्र पिटरले अग्रतालाई दोब्बर बनाउनुभयो । खेलको ७३औँ मिनेटमा मनिषले पेनाल्टीमार्फत् एक गोल फर्काउनुभयो ।
तेस्रो चरणमा नेपालको समूहमा लाओस, मलेसिया र भियतनाम छन् । होम एण्ड अवे ढाँचामा प्रत्येक टोलीले ६ वटा खेल खेल्नेछन् । समूहको शीर्ष स्थानमा रहने टोलीले २०२७ मा साउदी अरेबियामा हुने एसियन कपको १९औँ संस्करणको टिकट काट्नेछ । नेपालले आफ्नो तेस्रो खेलमा ९ अक्टोबरमा भियतनामको सामना गर्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच