
काठमाडौं । चलचित्र ‘मिरमिरे’मा अभिनेता प्रकाश सपुत अनुबन्ध हुनुभएको छ । अभिनेता दयाहाङ राईपछि अभिनेता प्रकाशलाई यो सिनेमामा अनुबन्धित गराइएको हो । यम शेर्पाले निर्देशन गर्ने यो चलचित्रमा अन्य कलाकारबारे जानकारी दिइएको छैन । ‘मिरमिरे’ यमको दोस्रो निर्देशन हो ।
चलचित्र ‘कार्साङ’ फेम्ड निर्देशक यमले ‘मिरमिरे’को कलाकार लाइनअप बलियो हुने बताउनुभयो । प्राविधिक पक्ष पनि सिनेमाको बलियो हुने उहाँको भनाइ छ । यार्सा फिल्म्सको प्रस्तुति रहने चलचित्रले ग्रामीण परिवेशको सामाजिक कथा भन्ने यमले जानकारी दिनुभयो । चलचित्रको निर्देशनसँगै स्टोरी पनि यम शेर्पा स्वयंले लेख्नुभएको हो ।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह-निर्मातामा गोविन्द बोहरा र ईश्वर श्रेष्ठ हुनुहुन्छ । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मस्का सञ्चालकसमेत रहनुभएका चलचित्र वितरक रोहित कट्टेल रहनुभएको छ । ‘मिरमिरे’लाई २०८२ मा रिलिज हुने जनाइएको छ । प्रदर्शन मिति भने तय भएको छैन । चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच