
काठमाडौं । माइकल चन्दको निर्देशनमा निर्माण हुनलागेको चलचित्र ‘राम नाम सत्य’मा अभिनेत्री सुपुष्पा भट्ट अनुबन्धित हुनुभएको छ । सुपुष्पासँग बुधबार चलचित्रको टिमले कागजी सम्झौता गरेको हो ।
सुपुष्पालाई एक महत्वपूर्ण भूमिकाका लागि अनुबन्धित गरिएको निर्देशक चन्दले जानकारी गराउनुभयो । ‘हामीलाई सुपुष्पा जस्तै हाइट भएकी नायिका चाहिएको थियो । उहाँको अभिनय पनि अब्बल छ । कथाले मागे अनुसार नै फिट भएपछि हामीले उहाँलाई अनुबन्धित गरेका हौं,’ निर्देशक चन्दले भन्नुभयो । यो चलचित्रमा यसअघि नायिका दिव्या रायमाझी अनुबन्धित भइसक्नु भएको छ ।
चलचित्रमा विराज भट्ट, सुशील श्रेष्ठ मुख्य भूमिकामा फाइनल भइसक्नु भएको छ । माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा उपेन्द्र शाही, स्वेता विमली र उत्तम गुरुङको लगानी रहनेछ । चलचित्रका कार्यकारी निर्माता डा.डी आर उपाध्याय, टी आर गौडेल र नरेन्द्र शाह हुनुहुन्छ ।
यस चलचित्रको छायांकन भदौबाट सुरु गर्ने तयारी निर्माणपक्षको छ । एक्सन, लभ र सस्पेन्स कथामा यो चलचित्र हुने निर्देशक चन्दले बताउनुभयो । सुसन प्रजापतिको छायांकन रहेको यस चलचित्रमा केही कलाकार फाइनल गरेपछि लाइनअप पूरा हुने निर्माणपक्षले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच