
काठमाडौं । कृषा चौलागाईंको निर्देशनमा तयार हुन लागेको चलचित्रको नाम सार्वजनिक गरिएको छ । केही दिनअगाडि कृषाले जापान पुगेर यूएनए प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको चलचित्र साइन गर्नुभएको थियो ।
यो चलचित्रको नाम ‘जहाजैमा’ राखिएको छ । चलचित्रको सार्वजनिक थिम पोष्टरमा एक पुरुष जहाज चढ्नका लागि विमानस्थलमा लगेज बोकेर जाँदै गरेको देखाइएको छ । यो चलचित्रले जापान जाने सपना बोकेका युवाको कथा भन्नेछ ।
उज्ज्वल गुरागाईंको निर्माणमा तयार हुने चलचित्रका कलाकारहरूको लाइनअप सार्वजनिक गरिएको छैन । चलचित्रलाई पुरुषोत्तम प्रधानले छायांकन गर्नुहुनेछ । भदौदेखि छायांकन जाने यो चलचित्रको छायांकन नेपाल, जापान र फिलिपिन्समा हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच