काठमाडौं । कृषा चौलागाईंको निर्देशनमा तयार हुन लागेको चलचित्रको नाम सार्वजनिक गरिएको छ । केही दिनअगाडि कृषाले जापान पुगेर यूएनए प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको चलचित्र साइन गर्नुभएको थियो ।
यो चलचित्रको नाम ‘जहाजैमा’ राखिएको छ । चलचित्रको सार्वजनिक थिम पोष्टरमा एक पुरुष जहाज चढ्नका लागि विमानस्थलमा लगेज बोकेर जाँदै गरेको देखाइएको छ । यो चलचित्रले जापान जाने सपना बोकेका युवाको कथा भन्नेछ ।
उज्ज्वल गुरागाईंको निर्माणमा तयार हुने चलचित्रका कलाकारहरूको लाइनअप सार्वजनिक गरिएको छैन । चलचित्रलाई पुरुषोत्तम प्रधानले छायांकन गर्नुहुनेछ । भदौदेखि छायांकन जाने यो चलचित्रको छायांकन नेपाल, जापान र फिलिपिन्समा हुनेछ ।






राज्यको धरपकडले निजी क्षेत्र त्रसित
विष्णुपुराण संक्षिप्त चर्चा
हात्ती आयो हात्ती आयो फुस्सा
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन
निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको
साहित्य परिषद् भूटानको अध्यक्षमा खेम