
काठमाडौं । अभिनेत्री दीया पुनले युरोपको सबैभन्दा अग्लो हिमाल माउण्ट एल्ब्रसको पनि सफलतापूर्वक आरोहण गर्नुभएको छ । उहाँ मंगलबार नेपाली समय अनुसार बिहान ११ बजे समुद्री सतहबाट पाँच हजार ६४२ मिटर उचाइमा रहेको उक्त हिमालको चुचुरोमा पुग्नुभएको हो । त्यहाँ उहाँले नेपालको झण्डा फहराउनुभएको थियो ।
बेलायतमा बस्दै आउनुभएकी दीया पेशाले नर्ससमेत हुनुहुन्छ । उहाँले जागीरको कमाइ र चलचित्रबाट पाउने पारिश्रमिक बचत गरेर हिमाल आरोहण गर्दै आइरहेको बताउनुभएको छ । चलचित्र ‘वीर विक्रम’बाट अभिनेत्रीको रूपमा डेब्यु गर्नुभएकी उहाँले ‘मिस्टर झोले’, ‘दयारानी’, ‘अन्तिम संस्कार’ जस्ता चलचित्रमा अभिनय गरिसक्नु भएको छ ।
उहाँको नयाँ चलचित्र ‘एक्लो’ प्रदर्शनको तयारीमा छ । सात महादेशका सबै अग्ला हिमाल आरोहण गर्ने अभियानमा निस्किनुभएकी दीयाले यसअघि सगरमाथा, अफ्रिकाको अग्लो माउण्ट किलिमन्जरो, दक्षिण अमेरिकाको अग्लो अकोनकागा हिमाल चढिसक्नु भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच