
काठमाडौं । चलचित्र ‘महाराजधिराज’ मा अभिनेत्री उषा रजक अनुबन्ध हुनुभएको छ । निर्माण टिमले रजकलाई चलचित्रको एक प्रमुख भूमिकामा अनुबन्ध गरेको हो । यसअघि नै आर्यन सिक्देल, रमेश उप्रेती, पल शाह र पुष्प खड्का जस्ता चर्चित अभिनेता चलचित्रमा फाइनल भइसक्नुभएको छ । अभिनेत्रीको तर्फबाट वर्षा राउत र वर्षा शिवाकोटी पनि मुख्य भूमिकामा अनुबन्ध भइसक्नुभएको छ ।
निर्देशक परिच्छेद सेनको चलचित्र ‘महाराजधिराज’ले पुराना र नयाँ पुस्ताका कलाकारहरूलाई मिसाएर दर्शकलाई फरक स्वाद दिने तयारीमा छ । चलचित्रमा यसअघि नै जय किशन बस्नेत, गजित विष्ट र आशा पौडेल पनि अनुबन्ध भइसक्नुभएको छ । प्रस्तुतकर्ता विराज विष्टका अनुसार उषा रजकको अनुबन्धसँगै प्रमुख कलाकारहरूको लाइनअप अन्तिम भएको छ । छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यो चलचित्रमा निर्देशक सेन स्वयंको लेखन छ ।
‘महाराजधिराज’का निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का हुनुहुन्छ । ‘महाराजधिराज’ आगामी फूलपातीमा देशभर प्रदर्शनमा आउने तयारीमा छ । छायांकन मिति र प्राविधिक टोलीको विस्तृत विवरण चाँडै सार्वजनिक गरिने निर्माणपक्षले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच