
अमेरिकाको भूकम्पले विश्व हल्लाएको छ । हाल अमेरिकी रिपब्लिकन नेताबाट डोनाल्ड ट्रम्प राष्ट्रपतिको दोस्रो कार्यकालका लागि सन् २०२५ को जनवरीदेखि रहनुभएको छ । उहाँ राष्ट्रपतिमा चुनाव लड्दा भारतीय समुदायको निर्णायक ठूलो भोट संख्या भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको क्रेजको प्रभावमा उनको र उनले मन पराउने सनातन हिन्दुको प्रशंसामा आफूतिर ताने । यद्यपि उनले सन् २०२० मा दोहरिन भने पाएनन् किनकि उनको व्यक्तिगत स्वभाव व्यापारलाई राजनीतिमा फ्युजन गर्दा विश्वलाई नै पूरा कन्फ्युजनमा पारेर अमेरिकामा मान्छे त्रसित भए र साथ दिएनन् ।
पछिल्लो पटक सन् २०२४ मा उनले चुनाव त जितेका छन् तर उनको अस्थिर स्वभाव, तुरुन्त कसैसँग मित्रता अनि झगडा, राजनीतिमा उपहार विश्वबाट अपेक्षा राखेर अप्रत्यक्ष रिसवत र राजनीतिलाई स्वार्थ अनि व्यापारसँग साटासाट गर्न भूमिका निर्वाह गरिराखेकाले अमेरिकाको वैश्विक सम्बन्ध त रिपब्लिकनसँग भन्नुभन्दा पनि नितान्त ट्रम्पसँग बिग्रँदो छ । यस लेखले अमेरिकी राष्ट्रपति ट्रम्पको अस्थिर, व्यापारिक र लोभी व्यक्तित्वले विश्वमा कसरी उनका यी यस्ता खराब गुणहरू पनि सर्दैछन् र नेपाल पनि कसरी प्रभावित छ सो बारे अनि समग्रमा अमेरिकी राष्ट्रपतिको हालको कारणले हरूेक क्षेत्र कसरी तरंगित छन्, ती सबैबारे छोटकरीमा उल्लेख गर्छ ।
एशियालगायत विश्वमा भूकम्पको धक्का
अमेरिकी राष्ट्रपति ट्रम्पको राजनीतिक भूइँचालोको धक्का उक्त देश विश्वकै शक्तिशाली देश रहेकाले गर्दा अमेरिकाभित्र त हुने नै भयो अनि एशिया, संयुक्त राष्ट्र संघ र समग्र विश्वमा देखिने भएको छ । हाल ट्रम्पको राष्ट्रपतिको सन् २०२४ को चुनावअघि जस्तो भारतको पाकिस्तानमाथिको अपरेसन सिन्दूरपछि भारतसँग राम्रो छैन । ट्रम्पले भारत र पाकिस्तानबीच अपरेसन सिन्दूरअन्तर्गत भारतको करिब ७२ घण्टाभित्र पाकिस्तानभित्र रहेका भनिएका आतंककारी लन्चिङ प्याड्स र सेल्टरमाथिको आक्रमणमा पाकिस्तानले रिटालिएट गर्दा पाकका एयरबेसहरू समेत ध्वस्त पारिँदा पाकको विशेष अनुरोधमा ट्रम्पले भारतलाई आक्रमण रोक्न अनुरोध गरेका थिए ।
पछिल्लो पटक सन् २०२४ मा ट्रम्पले चुनाव त जितेका छन् तर उनको अस्थिर स्वभाव, तुरुन्त कसैसँग मित्रता अनि झगडा, राजनीतिमा उपहार विश्वबाट अपेक्षा राखेर अप्रत्यक्ष रिसवत र राजनीतिलाई स्वार्थ अनि व्यापारसँग साटासाट गर्न भूमिका निर्वाह गरिराखेकोले अमेरिकाको वैश्विक सम्बन्ध त रिपब्लिकनसँग भन्नुभन्दा पनि नितान्त ट्रम्पसँग बिग्रँदो छ ।
तर, पाकिस्तानको डिफेन्स सिस्टम र एयरबेसहरू भारतद्वारा लगातार ध्वस्त गरिँदा ७२ घण्टापछि मात्र भारतले आफ्ना प्रमुख केही शर्तहरूमा पाकभित्रका आतंकवादमाथिका आक्रमणहरू रोकेको थियो । ती शर्तहरू थिए- सिन्धु नदीको पानी पाकिस्तान जाँदैन, एकजना पनि भारतीय नागरिकमाथि पाक समर्थित आतंकवादीले ज्यान लियो भने त्यो युद्धसरह मानिनेछ अनि पाकिस्तानी सेनाको डिजिएमओले पहिला भारतसित फोन गरेर स्वयं यी शर्तहरू मानेर आक्रमण रोक्नलाई अनुरोध गर्ने । यसपछि मात्र भारतले आक्रमण रोकेको थियो, जसको धैर्यले प्रतीक्षा गर्दा ट्रम्पले कालान्तरमा श्रेय पाउने थिए नै ।
साथै, अमेरिकाले राम्रो प्रतिष्ठा पनि पाउने थियो तर ट्रम्पले नै भारत र पाकिस्तानबीचको एक हजार वर्षदेखि चल्दैआएको युद्ध हाल रोकिदिएँ भनेर बोल्दा भारतको पाकसँग जम्मु-कश्मिरमाथि तेस्रो पक्षको मध्यस्थता नस्वीकार्ने नीतिको बर्खिलाप हुन गयो र अन्ततः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकै आलोचना भारतमा विपक्षी दलहरूले गर्न थाल्दा बाध्य भएर भारतले ट्रम्पको भनाइले पाकभित्र रहेका आतंकवादीमाथिको कार्बाही नरोकेको र अपरेसन सिन्दूर स्थगितमात्र हो तर नरोकिएकाको पोल खोलेर ट्रम्पलाई हलुको व्यक्ति सावित गरिदियो । भारतको यस्तो परिपक्व अमेरिकामाथि गरिएको कूटनीतिक प्रहारको जिम्मेवार केवल राष्ट्रपति ट्रम्पको झूठ बोल्ने, बढी बोल्ने, उत्ताउलोपन व्यवहार, अहंकारीपन आदि हुन् ।
उनले भारतको कारणले आफू राष्ट्रपतिका चुनावहरू जित्दै आएकामा अब पाकिस्तान, नेपाल, भारत आदि एशियाई देशमा सम्बन्ध मिलाएर राख्नुपर्नेमा उल्टो भारतप्रति कृतघ्न भई अब पाकिस्तानलाई हतियार बेच्ने (जुन भारतविरुद्ध अर्थ लाग्छ), पाकलाई भारतसित युद्धमात्र गर्न तर पाकिस्तानी जनताको रोजगार र भोजनको लागि नभई अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ऋण दिलाइदिए । भारतसँगको नेपालको खुल्ला बोर्डर र विशेष सम्बन्धको कारणले तथा आतंकवादप्रति नेपालको भारतनीतिलाई समर्थन छ भनेर नेपालले भारतको समर्थनमा उत्रँदा ट्रम्पले रिसाएर नेपालले सन् २०१५ को भूकम्पपछि नेपाली जनताले अमेरिकामा अस्थायी वासको सुविधा, टिपिएसलाई अमानवीय रूपमा बन्द गरिदिएको छ । यसअघि ट्रम्प प्रशासनले नेपालमाथि पनि १० प्रतिशत रेसिप्रोकल ट्यारिफ थोपरेकै हुन् ।
उत्ता चीनसँग ट्रम्पले भिड्ने जस्तो गर्छन् अनि यता भारतको प्रतिस्पर्धी पाकिस्तनलाई आतंकवादको समर्थन दिन्छन् । पहिला युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्किलाई हृवाइट हाउसमा बोलाएर युक्रेनको सम्प्रभुताविरुद्ध रुसले युक्रेनी भाग कब्जाएको जति छोडेर निःशर्त युद्धविराम गर भनेर मिडिया अगाडि नै पाहुनालाई समेत बोलाएर ट्रम्पले कूटनीतिक मर्यादा भंग गर्छन् भने अब रुसले ट्रम्पको युद्धविराम प्रस्तावमाथि केही पनि मान्न तयार हुँदैनन् । यसरी एउटा डेमोक्रेट र सार्वभौम देश युक्रेनमाथि ट्रम्पले जेलेन्सकीलाई बेइज्जत गरेर घाउमा नुनचुक लगाइदिए ।
के हुन् यहाँ ट्रम्पका नीति-भारत र पाकिस्तानको मुद्दामा आतंकवादलाई समाप्त पार्ने कि पाल्ने अनि चीन, रुस र यता युक्रेन र भारत दुई पक्षमा अमेरिकाले लोकतान्त्रिक देशलाई सहयोग गर्ने कि कम्युनिष्टलाई ? यस्तो दोधारेपन राष्ट्रपति ट्रम्पमा के एलन मस्क व्यापारीको संगतले राजनीतिमा व्यापार मिसिएर यस्तो भयो कि केले गर्दा ? कारण जेसुकै भए पनि ट्रम्पले आफ्नो कन्फ्युजन र लोभलालचले अमेरिकाको मित्रता विश्वमा खतरामा पारिदिए । आज उनै मस्कसँग राष्ट्रपति ट्रम्पको लगभग सबै सम्बन्ध झगडामा परिणत भएको हो, कारण भने स्वयं ट्रम्पका अराजक विचार हुन् र उनको पर्सनालिटी पनि । राजनीतिक भूइँचालो त ट्रम्पले नै विश्वलाई दिएका हुन् नि ।
नेपालमा पनि राष्ट्रप्रमुखको विचलन
कहाँ अमेरिका र कहाँ नेपाल, के आज विकास र आर्थिक सम्पन्नताका सवालमा तुलना गर्नु ? तर, नेपालको आधुनिक राजनीति सन् १७६४ बाट राजा पृथ्वीनारायण शाहले एकीकरण गरेका भनिएकोमा त्यसबेला आधुनिक अमेरिका भने बन्दै मात्र थियो, अस्तित्वमा पनि ठीकसँग आएको थिएन । यस अर्थमा नेपाललाई कुरा अमेरिकासँग दाज्न मिल्छ । आज दुर्भाग्यवस अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजनीतिक शक्ति तथा पैसाको भोकमा जति अनैतिक जनता, एलन मस्क, भारत, नेपाल, सनातन धर्मप्रति अचानक घातक भइदिए, त्यस्तै हाल नेपालका पूर्वराष्ट्रपति तथा उपराष्ट्रपतिका हुन् । लोकतान्त्रिक देशमा राष्ट्रपतिमा दोहरिन पाउँछन्, प्रधानमन्त्रीमा पनि दोहरिन पाउँछन् तर राष्ट्रपति पदमा एकचोटी वा दोहरिसकेका मान्छेले पुनः तल झरेर प्रधानमन्त्री बन्न राजनीतिको मैदानमा उत्रिएर ‘सम्मानीय’ पद गुमाउँदैनन् । यो अनैतिकता कम्युनिष्ट देशमा हुन्छ । जस्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई कार्यकाल राष्ट्रपति भए अनि अरूलाई राष्ट्रपति दिएर आफू एक चोटि प्रधानमन्त्री बने ।
लोकतान्त्रिक देशमा राष्ट्रपतिमा दोहरिन पाउँछन्, प्रधानमन्त्रीमा पनि दोहरिन पाउँछन् तर राष्ट्रपति पदमा एकचोटी वा दोहरिसकेका मान्छेले पुनः तल झरेर प्रधानमन्त्री बन्न राजनीतिको मैदानमा उत्रिएर ‘सम्मानीय’ पद गुमाउँदैनन् । यो अनैतिकता कम्युनिष्ट देशमा हुन्छ । जस्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई कार्यकाल राष्ट्रपति भए अनि अरूलाई राष्ट्रपति दिएर आफू एक चोटि प्रधानमन्त्री बने ।
उनी हाल फेरि मनपर्दी नियम बनाएर आफैं राष्ट्रपति बनिरहेका छन् । चीनमा राष्ट्रपति सी जिङ पिङले आजीवन राष्ट्रपति बन्ने बाटो निकालेका छन् । नेपालमा राष्ट्रपतिहरू डा.रामवरण यादव, विद्यादेवी भण्डारी र हाल रामचन्द्र पौडेलहरू हुनुभएको तर कम्युनिष्ट राष्ट्रपति र उपराष्ट्रपति क्रमशः विद्यादेवी भण्डारी एमाले र नन्दबहादुर पुन माओवादी मात्रले किन सबै लोकलाज त्यागेर फेरि राजनीतिमा उत्रनुप¥यो ? के यी सबै सामान्य मानिसमा हुने लोभ हुन् वा फेरि कसैद्वारा प्रायोजन गरी चाहना जागृत पारिएको ?
सारांशमा भन्दा अमेरिकामा रिपब्लिकन र डेमोकेटबाहेक कम्युनिष्टहरू पनि छन् तर राष्ट्रपतिमा चुनाव जित्दैनन् । डोनाल्ड ट्रम्प स्वयं रिपब्लिकन रहे पनि कतै कम्युनिष्ट जस्तो भने कतै आतंकवादलाई उल्टै सपोर्ट गरिदिएर विश्वमा भ्रम छर्नुभएको अवस्था छ । नेपालमा एमाले अध्यक्ष केपी ओली अति अलोकप्रिय मान्छे पार्टी अध्यक्षमा अरूलाई ७० वर्षे प्रावधान लगाएर लखेटेर आफू अब ७४ बाट ब्याक नहुने भएकाले ७० वर्षे प्रावधान हुँदैन भन्ने निम्न स्तरको राजनीतिमा सरकार प्रमुखसमेत कांग्रेसबाट शेरबहादुर देउवा अनि माओवादी केन्द्रबाट प्रचण्डलाई बन्न नदिने अवस्था निम्त्याएकाले ओली, देउवा, प्रचण्डबाट पीडितहरूले विकल्प निकाल्न थालेका हुन् ।
चीनलाई के बिग्रन्थ्यो र ? नेपालको यस्तो स्वार्थन्धता राजनीतिमा यदि ट्रम्प जस्तो गैरकम्युनिष्ट पनि बलजफ्ती कम्युनिष्टलाई रुसमा सहयोग गर्न युक्रेनलाई तह लाउँदै आउँछन् अनि भारतमा कम्युनिष्टविरोधी बिजेपीका प्रधानमन्त्री मोदीलाई उनै ट्रम्पले उल्टै असहयोग गरेर आतंकवादको फ्याक्ट्री पाकिस्तानलाई साथ दिन्छन् भने चीनले किन न नेपालका कथित कम्युनिष्टहरूलाई एकत्रित पार्दै ओली जस्ता अलोकप्रिय व्यक्तिलाई हटाउँदै कम्युनिष्टको कथित एकता गराउँदै पाकिस्तान उसको आफ्नै हितैषीलाई भारतविरुद्ध बलियो बनाओस् ? तर, विश्वको यो गड्बडी ट्रम्प एकजना अमेरिकी राष्ट्रपतिको दिमागमा भूइँचालोले गर्दा आएको हो, जसलाई उनकै हिजोसम्मका मित्र तर आजका बैरी एलन मस्कले अब डेमोक्रेटलाई कांग्रेसमा साथ दिएर ट्रम्पलाई महाअभियोग लगाएर त्यो भूइँचालोलाई समाप्त पार्ने लक्षण देखिँदैछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच