
समाचार सारांश
-
एमाले महासचिव शंकर पोखरेल प्रवासी नेपाली मञ्च बेलायतको नवौँ राष्ट्रिय सम्मेलनमा सहभागी हुन आज बेलायत प्रस्थान गर्नुभएको छ।
-
उहाँसँग पोलिटब्यूरो सदस्य सुजिता शाक्य पनि हुनुहुन्छ।
-
भ्रमणका क्रममा पोखरेलले नेपाली समुदाय र कूटनीतिज्ञहरूसँग भेटवार्ता गर्नेछन् र असार ८ गते फर्किने कार्यक्रम छ।
काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेल बेलायत भ्रमणमा जानुभएको छ ।
प्रवासी नेपाली मञ्चको नवौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न महासचिव पोखरेल आज बेलायत प्रस्थान गर्नुभएको हो ।
महासचिव भोलिदेखि सुरू हुने सम्मेलनको उद्घाटन गर्न पोखरेलका साथमा एमालेका पोलिटब्यूरो सदस्य सुजिता शाक्य पनि बेलायत जानुभएको छ ।
बेलायत भ्रमणका क्रममा महासचिव पोखरेलले त्यहाँका नेपाली समुदायसँगै विभिन्न कूटनीतिज्ञ सँग भेटवार्ता गर्ने कार्यक्रम रहेका एमाले केन्द्रीय सदस्य एवं यूरोप-अमेरिका इन्चार्ज घनश्याम पाण्डेले जानकारी दिनुभयो ।
महासचिव पोखरेल असार ८ गते स्वदेश फर्कने उहाँको सचिवालयले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच