
काठमाडौं । भारतको गुजरातस्थित अहमदाबादमा एअर इण्डियाको विमान दुर्घटना भएको छ ।
भारतीय समाचार एजेन्सीहरुका अनुसार विमान दुर्घटना भएको ठाउँबाट आकाशमा कालो धुवाँ उडेको छ ।
अहमदाबाद विमानस्थलबाट विमान उडे लगत्तै यो दुर्घटना भएको हो। उक्त विमान अहमदाबादबाट लन्डन जाँदै गरेको संचारमाध्यमहरुले जनाएका छन् ।
बोइङ ७८७-८ ड्रीमलाइनर विमानमा २४२ यात्रु सवार थिए । दुर्घटनाको बारेमा थप विवरण आउन बाँकी रहेकोले उक्त क्षेत्रबाट प्राप्त दृश्यहरूले हावामा बाक्लो कालो धुवाँ देखिएको जनाइएको छ ।
विमानस्थलदेखि मेघानीनगरको दूरी करिब १५ किलोमिटर रहेकाे बताइएकाे छ। दुर्घटना लगत्तै दमकलका ७ वटा गाडी घटनास्थलमा पुगेर आगो निभाउने काम सुरु गरिएको जनाइएकाे छ ।
बीएसएफ र एनडीआरएफका टोलीहरू घटनास्थलमा खटिएका छन्। हालसम्म दुर्घटनाको कारणको पुष्टि हुन सकेको छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच