
काठमाडौं । सभामुख देवराज घिमिरे र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।
जेठ १३ गतेदेखि निरन्तर अवरोध हुँदै आएको संसद् सञ्चालनका विषयमा सभामुख देवराज घिमिरेले विपक्षी दलका नेतासँग छलफल गर्नुभएको हो ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको सभामुखको कार्यकक्षमा सभामुख र विपक्षी दलका नेताबीच छलफल भएको हो । छलफलमा उपसभामुख इन्दिरा राना मगर र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे पनि सहभागी हुनुहुन्थ्यो। प्रतिनिधिसभामा जारी अवरोध हटाउनेबारे उहाँहरूबीच छलफल भएको बताइएको छ ।
सभामुख घिमिरेले बजेटमाथिको छलफलको तालिका प्रभावित भएको भन्दै सदन खुलाउन भूमिका खेल्न आग्रह गर्नुभएको थियो । जवाफमा प्रचण्डले आफूले सक्दो पहल गर्ने बताउनु भएको थियो ।
यसअघि प्रचण्डले माधव कुमार नेपाल लगायत विपक्षी दलका नेताहरूसँग छलफल गर्नुभएको थियो। उक्त छलफलमा विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा छानबिन समिति नबनाइ सदन चलाउन नदिने निर्णय गरेका छन् ।
सो बैठकले भिजिट भिषामार्फत मानव तस्करीको संगठित अपराध सदाका लागि निराकरण गर्न समिति बनाउनुपर्नेमा निष्कर्ष निकालेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच