
रौतहट । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर–१ मङ्गलपुरमा सवारी साधनले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । आज बिहान राजमार्गमा ३२ वर्षीय बुद्ध लिम्बुको एक सवारी साधनको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सवारी साधनले ठक्कर दिँदा लिम्बुको ज्यान गएको चन्द्रपुर–१ का वडाध्यक्ष बलराम राउतले जानकारी दिनुभएको छ ।
ठक्कर दिने सवारी साधनको पहिचान नहुँदासम्म स्थानीयले घटनास्थलमै शव राखेर राजमार्ग अवरुद्ध गरेका थिए । २४ घण्टाभित्र ठक्कर दिने सवारी साधन पत्ता लगाउने सहमति भएपछि अवरुद्ध राजमार्ग सञ्चालनमा ल्याइएको वडाध्यक्ष राउतले जानकारी दिनुभएको छ ।
अहिले सवारी साधन सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख लोकेन्द्र अधिकारीले जानकारी दिनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच