
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकामा सौर्य बत्ती खरिदका नाममा अनियमितता गरेको आरोपमा तत्कालीन गाउँपालिका अध्यक्ष विक्रम यादवसहित १० जनाविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
आयोगले गाउँपालिका तत्कालीन अध्यक्ष यादवसँगै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालबाबु प्रसाद साह, लेखा अधिकृत शिवशंकर प्रसाद कुशवाहा, लेखापाल सञ्जय कुमार ठाकुर, जिन्सी शाखा प्रमुख राम कैलाश राय यादव, सब-इञ्जिनियरहरू सन्तोष राय र राजु रायविरुद्ध मुद्दा दायर गरेको हो ।
आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाका अनुसार आर्थिक वर्ष २०७८/७९ मा सौर्य बत्ती जडान योजनाका लागि छुट्याइएको दुई करोड १६ लाख रूपैयाँको बजेटलाई अनियमित ढंगले टुक्र्याएर पाँच वटा छुट्टाछुट्टै प्याकेजमार्फत खरिद प्रक्रिया अघि बढाइएको थियो । उनीहरुले स्वीकृत बजेटभन्दा ३७ लाख बढी रकम (कूल दुई करोड ५३ लाख १७ हजार २५० रूपैयाँ) लागत अनुमान गरेर बोलपत्र आह्वान गरिएको पाइएको छ ।
आयोगले ठेक्का लिएको स्काई राइज ट्रेडिङ कन्सर्न, एस.के. स्टोर्स र जियो टेक्निकल एण्ड इन्फ्रास्ट्रक्चर सोलुसन नेपालका सञ्चालकहरू जय प्रकाश यादव, रञ्जु कुमारी शाह र संगीता कुमारीविरुद्ध पनि मुद्दा दायर गरेको छ ।
सार्वजनिक बजेटमा बदनियतपूर्वक अनियमितता गरेर गैरकानूनी लाभ लिएको ठहर गर्दै भ्रष्टाचार निवारण ऐन अनुसार जरिवाना र कैद सजायको मागदाबी गरिएको आयोगका सहायक प्रवक्ता थपलियाले जानकारी दिनुभयो ।
यादवविरुद्ध २ करोड ४९ लाख ४० हजार ११० रूपैयाँ र निमित्त प्रमुख प्रशासकीय अधिकृत साहविरुद्ध पनि सोही बिगो कायम गरिएको छ भने लेखा अधिकृत कुशवाहाविरुद्ध ४७ लाख ५९ हजार ५६०, लेखापाल ठाकुर, जिन्सी शाखा यादव र सब इन्जिनियरद्वयविरुद्ध २ करोड ४९ लाख ४० हजार ११० रूपैयाँ नै बिगो कायम गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच