
भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले कार्यविधि बनाएर होमियोप्याथिक स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको छ। कार्यविधि बनाएर सेवा दिने पहिलो पालिका मध्यपुर नगरपालिका बनेको छ ।
विहिबार वडा नं ७ मा आयोजित कार्यक्रममा सेवा केन्द्रको उद्घाटन नगरप्रमुख सुरेन्द्र श्रेष्ठले गर्नु भयो ।
श्रेष्ठले स्थानीय तहको पहलमा वैकल्पिक चिकित्सा प्रणालीलाई औपचारिकरूपमा सेवा प्रवाह गर्न थालिएको बताउँदै यसले स्वास्थ्य क्षेत्रमा नयाँ अभ्यास सुरु गरेको बताए। “हामीले कानुनी संरचना बनाएर होमियोप्याथिक सेवा सार्वजनिक रूपमा सञ्चालन गरेका छौं,” उहाँले भन्नुभयो , “यहाँबाट गुणस्तरीय, सुलभ र नि:शुल्क सेवा पाईनेछ ।”
विशेष अतिथि तथा नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले होमियोप्याथिक पद्धतिलाई एलोप्याथिक र आयुर्वेदिक पद्धतिभन्दा उत्तम वैकल्पिक पद्धतिको रूपमा मूल्यांकन गर्नु भयो । “यो उपचार पद्धतीले रोग निदान गराउन ठुलो सहयोग गर्नेछ ” उहाँले भन्नुभयो, “७५३ वटा पालिकामध्ये कार्यविधि बनाएर सेवा दिने पहिलो पालिका मध्यपुर नगरपालिका बनेकोमा हामीलाई गर्व लागेको छ।”
कार्यक्रमको सभाध्यक्ष वडा नं ७ का अध्यक्ष कृष्णकुमार प्रजापतिले सेवा सञ्चालनले स्थानीय तहको जिम्मेवारीप्रति प्रतिबद्धता देखाएको बताउनु भयो। “हाम्रो वडामा यस्तो सेवा सुरु हुनु गौरवको विषय हो,” उहाँले भन्नुभयो ।
कार्यक्रममा नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालका निर्देशक दीपेन्द्र कुमार रौशन, प्रमुख नायब निरीक्षक नवराज ढुंगाना, पत्रकार महासंघ भक्तपुर शाखा अध्यक्ष सुन्दर शिल्पकारलगायत सामाजिक अगुवा र स्वास्थ्यकर्मीहरूको उपस्थिति थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच