
समाचार सारांश
-
गृहमन्त्री रमेश लेखकले संसद अवरोधको कुनै औचित्य नरहेको बताउनु भयाे।
-
उहाँले केही प्रतिपक्षी दलहरुले राजनीतिक षड्यन्त्रपूर्वक अवरोध गरिरहेको आरोप लगाउनु भयाे।
-
संसद अवरोध राजनीतिक आग्रह, पूर्वाग्रह र प्रतिशोधबाट प्रेरित भएकाले चाँडै हट्नुपर्ने उहाँको भनाइ छ।
काठमाडौं । गृहमन्त्री रमेश लेखकले संसद अवरोध गर्नुको कुनै औचित्य नरहेको बताउनुभएको छ ।
बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले केही समय यता संसद अवरोध रहेको र संसदको अवरोध गर्नुपर्ने कुनै कारण र अर्थ नरहेको जिकिर गर्नुभयो । उहाँले केही प्रतिपक्षी दलहरुले नियोजित रुपमा षड्यन्त्रमुलक ढंगले आग्रह र पूर्वाग्रह राखेर लागि परेको बताउनु भयो । अवरोध राजनीतिक आग्रह, पूर्वाग्रह र प्रतिशोध प्रेरित रहेको बताउनु भयो ।
गृहमन्त्री लेखकले भन्नुभयो, ‘केही समयदेखि संसद अवरोध भएको छ । यो संसदको अवरोध गर्नुपर्ने कुनै कारण छैन । कुनै अर्थ छैन । कुनै औचित्य छैन । संसदको अवरोधका पछाडि सबै प्रतिपक्ष दललाई म दोष दिन्न तर प्रतिपक्षमा रहेका केही मानिसहरु नियोजित ढंगले, राजनीतिक षड्यन्त्रमुलक ढंगले आग्रह र पूर्वाग्रह राख्ने काम भएको छ । यो अवरोध राजनीतिक आग्रह, पूर्वाग्रह र प्रतिशोध प्रेरित छ । यसका पछि कुनै अर्थ र औचित्य छैन । यो अवरोध चाँडै हट्नुपर्छ ।’
गृहमन्त्री लेखकले संसदको अवरोध चाँडै हट्नुपर्ने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच