
ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं ५ वर्णालुमा मोटरसाइकल एकापसमा ठोक्किँदा घाँटीको हड्डी भाँचिएको छ ।
मोटरसाइकल एकापसमा ठोक्किँदा सोही वडाका २९ वर्षीय सुवास श्रेष्ठका घाँटीको हड्डी भाँचिएको हो । विहीबार दिउँसो करिब २ बजेको समयमा ओखलढुंगा रुम्जाटारको भित्री सडक खण्डमा मोटरसाइकल एकापसमा ठोक्किएका थिए ।
ओखलढुंगाबाट रुम्जाटारतर्फ जाँदै गरेको बा ४२ प ५७२८ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको प्र १–०७–००१ प ००७४ को मोटरसाइकल एकापसमा ठोक्कीएको प्रहरीले जानकारी दिएको छ ।
घाँटीको हड्डी भाँचिएका श्रेष्ठको सामुदायिक अस्पताल मिसन सोब्रुमा सामान्य उपचार पछि थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ । प्र १–०७–००१ प ००७४ नम्बरको मोटरसाइकल र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच