
काठमाडौं । प्रतिनिधि सभाको बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ ।
आज पनि प्रतिपक्षी दलहरुले प्रतिनिधि सभाको बैठकमा अवरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले भोलि दिनको १ बजेसम्मका लागि बैठक स्थगित गर्नुभएको हो ।
दिउँसो ३ बजेका लागि तय भएको बैठक दलहरूबीच सहमति नहुँदा ५ः३० बजेसम्मलाई सरेको थियो । त्यो भन्दा ढिलो गरी सुरुभएको बैठकमा विपक्षी सांसदहरुले उठेर विरोध जनाएका थिए ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता दाबी गर्दै विपक्षी दलहरूले उहाँको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै सदन अवरोध गर्दै आइरहेका छन्।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच