
काठमाडौं । फिफा महिला वरीयतामा नेपाल एक स्थान खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेर १००औँ स्थानमा पुगेको छ ।
यसअघि ९९औँ वरीयतामा रहेको नेपाल यसअघिको अंकबाट ०.१२ अंक घटेर नयाँ वरीयतामा १००औँ स्थानमा झरेको हो । एसियाली राष्ट्रहरूमध्ये नेपाल २०औँ स्थानमा छ ।
नेपालले गत फेब्रुअरीमा घरेलु मैदानमा चारदेशीय फुटबल प्रतियोगिता खेलेको थियो जहाँ लेबनान र कीर्गिस्तानलाई हराउँदा म्यानमारसँग एक खेल बराबरी गरेको थियो भने फाइनलमा म्यानमारसँग पराजित भएको थियो । त्यसपछि चार स्थान सुधार गरेर ९९औँ स्थानमा पुगेको नेपाल फेरि एक स्थान खस्किएको हो । त्यसपछि नेपालले थाइल्याण्डसँग दुई मैत्रीपूर्ण खेल खेल्दा पराजित भएको थियो ।
फिफा वरीयताको शीर्ष स्थानमा अमेरिकी टोली यथावत् रहँदा स्पेन दोस्रो, जर्मनी तेस्रोमा यथावत् छ । ब्राजिल चौथोमा उक्लँदा इंग्ल्याण्ड पाँचौंमा झरेको छ । एसियाली राष्ट्र जापान दुई स्थान खस्किएर सातौंमा पुगेको छ । पुरूषतर्फको वरीयतामा भने नेपाल १७५औँ स्थानमा छ ।
नेपाली फुटबल टोली स्वदेश फिर्ता
हङकङसँगको मैत्रीपूर्ण फुटबल खेल तथा एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेल खेलेर नेपाली फुटबल टोली स्वदेश फर्किएको छ । टोली बुधबार राती नेपाल आइपुगेको हो । टोलीलाई एन्फाका पदाधिकारीहरूले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।
नेपालले मैत्रीपूर्ण खेलमा हङकङलाई गोलरहित बराबरीमा रोकेको थियो । एसियन कप छनोटमा भने नेपाल लाओससँग पराजित भयो । घरेलु मैदानमा लाओसले नेपाललाई दुई–एक गोलअन्तरले हराएको थियो । नेपाल लाओससँग पहिलोपटक पराजित भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच