
काठमाडौं । नेसनल आइडियल बोर्डिङ स्कुल (निब्स) को आयोजनामा दोस्रो निब्स एसइई कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिता आज(शुक्रबार)देखि हुने भएको छ । प्रतियोगितामा ब्वाइजमा २४ तथा गल्र्समा १२ टिमको सहभागिता रहने निब्सका संस्थापक प्रिन्सिपल देवनारायण महतोले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।
दुवै समूहको विजेताले १० हजार र उपविजेताले सात हजार नगद पुरस्कार पाउने विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रेणु महतोले जानकारी दिनुभयो । प्रतियोगिता सञ्चालन गर्न करिब दुई लाख रुपैयाँ खर्च हुने निब्सका इसिए इन्चार्ज अमृत लामिछानेले बताउनुभयो ।
खेल लिग कम नकआउट आधारमा हुनेछ । दुईदिने प्रतियोगिताका खेलहरू मण्डिखाटारस्थित आयोजककै कोर्टमा खेलाइनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच