
धनगढी । सुदूरपश्चिम प्रदेशमा पहिलो पटक सिनेमा संवाद कार्यक्रम हुनेभएको छ । देशका अन्य प्रदेशहरूमा हुँदै आएको सिनेमा संवाद जेडी एसोसिएट्सको आयोजना र चलचित्र पत्रकार संघ नेपाल सुदूरपश्चिमको सहकार्यमा धनगढीमा हुनलागेको हो । यही जेठ ३१ गते (शनिबार) बहस, संवाद र सांस्कृतिक आदान-प्रदान गर्ने उद्देश्यले सिनेमा संवाद कार्यक्रम गर्न लागेको आयोजक जेडी एसोसिएट्सका प्रबन्ध निर्देशक दिनेश भण्डारीले जानकारी दिनुभयो ।
कार्यक्रममा चलचित्रकर्मी, दर्शक, विद्यार्थी, पत्रकार र कलाकारबीच चलचित्र निर्माण, सन्देश, सामाजिक प्रभाव, बजारका चुनौती र सिनेमा-समाज सम्बन्धबारे गहिरो छलफल गरिने जनाइएको छ । सुदूरपश्चिममा बढ्दो चलचित्रप्रति चासोलाई व्यवस्थित दिशातर्फ लैजान र स्थानीय प्रतिभालाई अवसर प्रदान गर्दै यस प्रदेशमा चलचित्रमार्फत पर्यटन प्रबद्र्धन गर्नका लागि यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकको छ ।
कार्यक्रममा नेपाली चलचित्र क्षेत्रसँग जोडेर सुदूरपश्चिम र यहाँको पर्यटन तथा सम्भावनाका बिषयमा छलफल हुनेछ । सिनेमा संवादमा सहभागी हुन मूलधारका चर्चित कलाकार र कलाकर्मी धनगढी आउनेछन् । ‘चलचित्र मनोरञ्जनको साधनमात्र होईन, यो समाजको ऐना हो,’ प्रबन्ध निर्देशक भण्डारीले भन्नुभयो, ‘स्थानीयस्तरमा नेपाली चलचित्र र कला संस्कृतिको प्रबद्र्धन तथा विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेका छौंं ।’
आजको पुस्ता चलचित्रप्रति आकर्षित भए पनि यसको गहिरो पक्ष, विशेषतः सन्देश, निर्माण प्रक्रिया र सामाजिक प्रभावबारे खुला संवादको सुदुरपश्चिममा अभाव रहेकोले सिनेमा संवाद कार्यक्रम आयोजनामा लागेको चलचित्र पत्रकार संघ नेपाल सुदूरपश्चिमका अध्यक्ष पुष्पराज जोशीले बताउनुभयो । ‘सिनेमा संवाद’ ले यही अभाव पूर्ति गर्ने प्रयास गर्ने उहाँको भनाइ छ ।
सिनेमा संवाद कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अभिनेता तथा निर्माता-निर्देशक विराज भट्ट, अभिनेता दिव्यदेव पन्त, पुष्प खड्का, अभिनेत्री सुरक्षा पन्त, उपासना सिंह ठकुरीलगायत कलाकार सहभागी हुनुहुने जनाइएको छ । चलचित्र प्रेमीलगायत सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । कार्यक्रमले सिनेमा बुझ्न र समाजसँग जोड्न चाहने सबैका लागि सुनौलो अवसर हुने आयोजकको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच