
काठमाडौं । टेलिसिरियल ‘वाचा बन्धन’को थिम गीत ‘कान्छी’ सार्वजनिक गरिएको छ । यही जेठ ३१ गते शनिबार बेलुका ७ बजेदेखि ओएसआर डिजिटल युट्युबमार्फत आउन लागेको यस सिरियलको गीत ‘कान्छी’ सार्वजनिक भएको हो । गीतमा आकाश मगरको शब्द संगीत र रामचन्द्र काफ्लेको स्वर छ । यज्ञजंग विक (आयुष)को कोरियोग्राफी रहेको गीतमा मुख्य कलाकार सरिता ढुंगाना, प्रशान्त बुढाथोकी (करण) हेमराज घर्ती फिचरिङ हुनुहुन्छ ।
पूर्वी रुकुमको सुन्दर दृश्यहरू कैद गरिएको गीतले सिरियलको प्रतीक्षा झन् बढाउने देखिन्छ । यज्ञजंग विक (आयुष)को लेखन निर्देशन रहेको यस सिरियलमा कमल बुढाथोकीको प्रस्तुति, कमल र दीपा बुढाथोकीको निर्माण, शिव विकको छायांकन, उमेश थापा मगरको दृश्य सम्पादन, नेत्र विष्टको निर्माण नियन्त्रण छ । नयाँ पुराना गरेर दुई दर्जन बढी कलाकारको अभिनय बाचा बन्धनमा देख्न पाइने जनाइएको छ ।
‘सकम्बरी’ गीतबाट चर्चित कुशुम, ‘जुठे’ सिरियलबाटबाट चर्चित जुनकिरी अनि पहिलो पटक अभिनयमा प्रवेश गर्नुभएका प्रशान्त बुढाथोकीको गीतमा त्रिकोणात्मक प्रेम कथा झल्केको देखिन्छ । फिल्मी शैलीमा निर्माण भएको यो सिरियलको पोष्टर र ट्रेलर यसअघि सार्वजनिक भइसकेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच