
काठमाडौं । आजदेखि सिनेमाघरमा चलचित्र ‘महाभोज’ प्रदर्शनमा आएको छ । शुक्रबार प्रदर्शनअन्तर्गत देशभरका सिनेमाघरमा दिनेश राउतले निर्देशित चलचित्र ‘महाभोज’ प्रदर्शनमा आएको हो । देशभरका मल्टिप्लेक्स तथा सिंगल स्क्रिनिङ हलले बुधबारदेखि नै यो चलत्रिको टिकट बुकिङ खुलाएका थिए । सुरुवातमा चलचित्रले करिब २०० सो पाएको वितरकले बताएका छन् । यो चलचित्र दुई साताअघि नै सिनेमाघरमा आउने तय भएकोमा विभिन्न राजनीतिक तथा अन्य आन्दोलनका कारण रिलिज सरेर जेठ ३० गते पुगेको हो ।
सहकारी ठगी प्रकरणको कथामा आधारित यो चलचित्रको काठमाडौं, पोखरा र बुटवलमा प्रिभ्यु प्रिमियर भइसकेको छ । प्रिमियरमा केही सहकारी पीडितहरूले पनि हेरेका थिए । उनीहरूले आफ्नो दबिन लागेको आवाजलाई चलचित्रले ठूलो स्वरमा बोलिदिएको प्रतिक्रिया दिएका थिए । उनीहरूले चलचित्र धेरैभन्दा धेरै दर्शकले हेरेर राज्यलाई थप दबाब दिनुपर्ने बताइरहेका छन् । गत जेठ १३ गते काठमाडौंमा भएको प्रिभ्यु शोमा चलचित्र हेरेपछि निर्देशक तथा अभिनेता निश्चल बस्नेतले ‘महाभोज’ हिट हुने ठोकुवा नै गर्नुभएको थियो ।
‘महाभोज’मा कलाकारको ‘लाइनअप’ बलियो रहेकाले चलचित्रको सुखद् ओपनिङ गर्ने अपेक्षा गरिएको छ । व्यावसायिक भविष्य भने ‘वर्ड अफ माउथ’मा निर्भर हुनेछ । चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, मोहन निरौला, वसुन्धरा भुसाल लगायतको अभिनय रहेको छ । विशेष भूमिकामा अभिनेत्री सुरक्षा पन्त पनि हुनुहुन्छ । हिमाल कडरियाले निर्माण गरेको । यस चलचित्रमा विकास सुवेदीको स्क्रिप्ट लेखन छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच