
काठमाडौं । भिजिट भिसा प्रकरणको छानविन गर्न सत्तापक्ष तयार भएको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले बताउनुभएको छ ।
भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करीको अध्ययन र छानविन गर्न सत्तापक्षले प्रतिवद्धता जनाएको दाहालले बताउनुभएको हो । बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष दाहालले भिजिट भिसा प्रकरणको छानविनका लागि सत्तापक्षबाट प्रतिवद्धता आएपछि प्रतिपक्षी दलहरुबीच समेत सकारात्मक वातावरण बनेको बताउनु भयो । राष्ट्रिय स्वतन्त्र पार्टीले सत्तापक्षसँग थप छलफल चाहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘एउटा गृहमन्त्रीको कुरा मात्रै होइन । यो विगतदेखि नै अध्यागमनको समस्या अलिक बिकराल नै देखिएको छ । यो समस्यालाई सत्तापक्ष र प्रतिपक्षी सबैले गम्भिरताका साथ लिनुपर्यो भन्ने कुरामा हामी सबैले कुरा गरेपछि सत्तापक्षले अध्ययन र छानविन गर्ने प्रतिवद्धता तथा संरचना बनाएर ठोस रुपमा पहल लिने भन्ने प्रतिवद्धता आएपछि प्रतिपक्षको बीचमा अत्यन्त सकारात्मक वातावरण बनेको छ । तर केही साथिहरु अझै हामी सत्तापक्षका साथिहरुसँग कुरा गर्छौं र सदन सुरु गरौँ भन्ने छ । रास्वपाले छलफल चाहेको छ ।’
अध्यागमन कार्यालयमा लामो समयदेखि समस्या रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले समस्या समाधानका लागि सत्तापक्ष र प्रतिपक्ष गम्भिर हुन जरुरी रहेको समेत बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच