
काठमाडौं । बसे पनि शहर, गाउँकै खाने रहर भन्ने नाराका साथ पैँचो पसल प्रालिले तीनदिवसीय नेसनल सेल्स समिट सम्पन्न गरेको छ । समिटले कृषिजन्य उत्पादनलाई स्वदेशी तथा विदेशी बजारमा व्यापार प्रवद्र्धन गर्ने रणनीति बनाएको हो । ग्रामीण उत्पादन शहरसम्म पु¥याइरहेको कम्पनीले नेपाली टिपिकल स्वाद शहरसम्म पुर्याएर बिक्रीवितरण गर्दै आएको छ ।
कम्पनीका प्रबन्ध निर्देशक ध्रुव न्यौपानेले देशमा केही छैन भनेर विदेश पलायन भइरहेको नेपाली समाजलाई रोक्न अब कृषिमा काम गर्नुपर्ने बताउनुभयो । नेपालमा कृषि क्षेत्रमा सम्भावना छ । नेपाली उत्पादन अन्य देशका उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्षम छन् भन्ने पैँचोका उत्पादनले देखाएको उहाँको भनाइ थियो । नेपाली उत्पादनको व्यापार स्वदेशमा मात्र नभई विदेशमा समेत माग उच्च रहेको भन्दै न्यौपानेले नेपाली उत्पादनले विदेशी उत्पादन रोक्ने काम गरेको बताउनुभयो ।
पैँचो पसलका प्रमुख कार्यकारी अधिकृत केशव न्यौपानेले पैँचोसँग एक लाखभन्दा बढी किसान जोडिएर काम गरिरहेको जानकारी दिँदै नेपाली किसानलाई व्यावसायिक बन्न पैँचोले प्रोत्साहन गरिरहेको बताउनुभयो । किसानको खेतीबारीदेखि बजारसम्म आएको ग्रामीण उत्पादन बजारको रोजाइमा पर्नुले नेपाली कृषि उपजबाट बनेका उत्पादनको माग आगामी दिनमा अझै बढ्ने उहाँको भनाइ थियो । कम्पनीका प्रमुख बजार व्यवस्थापक लक्ष्मण गैरेले पैँचोको उत्पादन बजारमा निरन्तर आफ्नो बजार विस्तार गर्न सफल भएको बताउनुभएको थियो ।
पैँचोले ग्रामीण कृषकले उत्पादन गर्ने कृषि उपजबाट केचप, जाम, विभिन्न प्रकारका अचार, चुक तथा छोप, आँटो, कोदोको पिठो, सिन्की, महलगायत ७० भन्दा बढी प्रकारका सामान उत्पादन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउँदै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच