
काठमाडौं । रंगाउँदै देश, मेरो एभरेष्ट कलर भन्ने नाराका साथ एभरेष्ट कलर लिमिटेडले सेयर जारी गर्ने भएको छ । जसका लागि कम्पनीले लक्ष्मी सनराइज क्यापिटलसँग सम्झौता गरेको छ । निकट भविष्यमा निष्कासन हुने सात लाख ९० हजार कित्ता साधारण सेयरका लागि कम्पनीतर्फबाट प्रबन्ध सञ्चालक सरोज लुईंटेल तथा प्रत्याभूतिकर्तातर्फबाट लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले बुधबार उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
अन्य कलर उद्योगभन्दा पृथक्, संगठित स्वदेशी युवाको लगानीमा विशेषतः नेपाल तथा नेपालीको भौतिक संरचनामा गुणस्तरीय एभरेष्ट कलर प्रयोग गराई आयात प्रतिस्थापन गर्ने, रोजगारीको सिर्जना गर्ने र आन्तरिक राजस्वमा योगदान पुर्याई देशको सेवा गर्ने प्रमुख उद्देश्यका स्थापना भएको कम्पनीले केयर रेटिङ्स नेपालबाट डबल बी माइनस रेटिङ प्राप्त गरेको छ । कम्पनी आइएसओ ९००१ः२०१५ प्रमाणपत्रप्राप्त, नेपाल सरकार शहरी विकास तथा भवन निर्माण विभागको सूचीमा दर्ता, नेपाल गुणस्तर चिहृन प्राप्ति उन्मुख रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच