
काठमाडौं । गुजरातको अहमदाबादबाट लन्डनको ग्याटविकतर्फ जाँदै गरेको एयर इन्डियाको बोइंग ७८७ ड्रीमलाइनर विमान उडान भरे लगत्तै दुर्घटनाग्रस्त भयो। उक्त विमानमा जम्मा २४२ जना सवार थिए।
उक्त विमान दुर्घटनाको त्रासदीबीच एक व्यक्तिले विमान उडे लगत्तै ठूलो आवाज आएपछि आफू हामफालेर बाँच्न सफल भएको दाबी गरेका छन्।
अहमदाबादको सिभिल अस्पतालमा उपचाररत ४० वर्षीय विश्वास कुमार रमेशले आफू बाँच्न सफल भएको बताएका छन् ।
विश्वासकुमार रमेशको टिकट
भारतीय समाचार एजेन्सीका अनुसार विश्वास कुमार रमेशले भने, "उडान भरेको तीस सेकेन्डपछि एक जोरदार आवाज आयो र त्यसपछि विमान दुर्घटनाग्रस्त भयो। यो सबै धेरै छिटो भयो।"
भारतीय सञ्चारमाध्यम आजतकसँग कुरा गर्दै उनले भने, 'दुर्घटनापछि ठूलो विस्फोट भयो, चारैतिर आगोको लप्काहरू थिए। मलाई एम्बुलेन्समार्फत अस्पताल ल्याइयो। अझै पनि विश्वास गर्न सक्दिन।'
सिट नम्बर ११-ए मा बसेको बताउने विश्वासका अनुसार, दुर्घटनापछि जब उनको होस खुल्यो, त्यो दृश्य कल्पना बाहिरको थियो। उनका भाइ अर्को सिटमा बसेको पनि उनले बताएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच