
अहमदावाद । अहमदावादमा भएको विमान दुर्घटनामा परी घाइते बनेका एक व्यक्तिलाई उद्धार गरी उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।
अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले एयर इन्डियाको विमान उडेको केही बेरमै नजिकैको चिकित्सकहरूको होस्टलमा ठोक्किएर दुर्घटना भएको र उक्त घटनामा एक जना जीवित फेला परेको पुष्टि गर्नुभएको छ ।
बिहीबार दिउँसो लण्डनका लागि उडेको बोइङ ७८७–८ ड्रिमलाइनर विमान सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही बेरमै १ः३० बजे दुर्घटनाग्रस्त भएको थियो ।
एएनआईसँग फोनमा कुरा गर्दै मलिकले भन्नुभयो, “प्रहरीले सिट ११ ए मा एक जना जीवित व्यक्ति फेला पारेको छ। उहाँको अस्पतालमा उपचार भइरहेको छ ।”
उहाँले थप्नुभयो, “मृत्यु हुनेको सङ्ख्याबारे केही भन्न सकिने अवस्था छैन । आवासीय क्षेत्रमा विमान दुर्घटना भएकाले मृत्यु हुनेको सङ्ख्या बढ्न सक्छ।”
दुर्घटनापछि केन्द्रीय ‘रिजर्भ पुलिस फोर्स ९सिआरपिएफ०’ ले उद्धार र राहत कार्यमा सहयोग गर्न करिब १५० सुरक्षाकर्मी परिचालन गरेको छ ।
सीआरपीएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “र्यापिड एक्सन फोर्स (आरएएफ) को १०० बटालियनका जवानका साथै गान्धीनगरस्थित सीआरपीएफको ‘ग्रुप सेन्टर’का जवानलाई दुर्घटनास्थलमा पठाइएको छ ।
गुजरात सरकारले पनि गान्धीनगरका ९० जना कर्मचारी सम्मिलित तीन वटा राष्ट्रिय विपद् प्रतिकार्य बल ९एनडीआरएफ० टोलीलाई उद्धार कार्यमा सहयोग गर्न परिचालन गरेको छ।
एएफपी
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच