
शिक्षा कुनै सीमित वर्गको विषयमात्र होइन, यो समग्र मानव विकासको आधार हो । आजको प्रतिस्पर्धात्मक विश्वमा केवल किताबी ज्ञानले मात्र बालबालिकालाई सफल जीवनतर्फ अग्रसर गराउन सक्दैन । बालबालिकाको ज्ञान, सीप र दृष्टिकोणको समुचित विकास आवश्यक छ, जसले उनीहरूलाई नैतिक, जिम्मेवार र वैश्विक नागरिक बनाउँछ । सन् २०१५ मा युनेस्कोद्वारा प्रकाशित रिपोर्टमा शिक्षा केवल जान्न होइन, गर्न, बाँच्न र सहकार्य गर्न सिकाउने प्रक्रिया हो भनिएको छ ।
प्रकृतिसँग जोडिएको शिक्षा : संवेदनशील र सचेत नागरिक निर्माण आजको दिनमा जलवायु परिवर्तन, प्रदूषण, जैविक विविधताको ह्रास जस्ता समस्या तीव्र रूपमा बढ्दै गएका छन् । यस्ता समस्या समाधानका लागि शिक्षाले पर्यावरणीय चेतना जगाउनुपर्छ । जब विद्यार्थीहरूलाई बोटबिरुवा रोप्ने, फोहर व्यवस्थापन, जैविक खेती सिकाइन्छ, उनीहरूमा प्रकृतिप्रतिको जिम्मेवारी भावना विकास हुन्छ । यसै क्रममा, उदाहरणका लागि, नेपालमा सञ्चालित कार्यक्रमअन्तर्गत केही विद्यालयहरूले आफ्ना पाठ्यक्रममा हरित परियोजना समावेश गरेका छन्, जसले विद्यार्थीहरूलाई जल संरक्षण, कम्पोष्ट बनाउने, पुनः प्रयोग जस्ता व्यवहारमा प्रशिक्षित गर्छ ।
शिक्षण संस्थाले विद्यार्थीलाई शैक्षिक ज्ञान मात्र होइन, सामाजिक, शारीरिक, मानसिक र भावनात्मक रूपमा पनि सक्षम बनाउनुपर्छ । त्यसैले, खेलकुद, संगीत, कला, ध्यान, सामाजिक सेवा, नेतृत्व कार्यक्रम जस्ता सहपाठ्यक्रम गतिविधिहरूले विद्यार्थीको आत्म–विश्वास, अनुशासन र सहयोग भावना विकास गर्छ । शिक्षाको उद्देश्य केवल कक्षामा पढाउने वा परीक्षा पास गराउने होइन ।
प्रविधि र शिक्षा : प्रतिस्पर्धी युगको तयारी
विश्व आर्थिक फोरमको २०२० को रिपोर्ट अनुसार, भविष्यका लागि आवश्यक प्रमुख सीपमा पर्दछन् । यी सबै सीप प्रविधिको सहायताबाट सिकाउन सकिन्छ । त्यसैले, आजको युगमा, प्रविधिको महत्वलाई नजरअन्दाज गर्नु हुँदैन । नेपालमा पनि केही विद्यालयहरूले शिक्षा, कोडिङ कक्षा, डिजिटल प्रस्तुति जस्ता प्रविधिमैत्री शिक्षण अभ्यास सुरु गरेका छन् । यसले विद्यार्थीको सिर्जनात्मकता र समस्या समाधान क्षमतामा वृद्धि गर्छ ।
संस्कृति र नैतिक मूल्य शिक्षा : चरित्र निर्माण
आजको विश्वीकरणले बालबालिकालाई अन्तर्राष्ट्रिय संस्कृतिमा खुला बनाएको छ तर यसकै कारण उनीहरू आफ्ना मौलिक मूल्य र परम्पराबाट टाढा भइरहेका छन् । त्यसैले, शिक्षाले आफ्नो संस्कृति बुझ्ने र आत्मगौरव जागृत गर्ने माध्यम बन्नुपर्छ । यसै सन्दर्भमा दक्षिण एशियाली फाउण्डेशनको रिपोर्ट अनुसार, संस्कार आधारित शिक्षाले मनोबल, करुणा, सामाजिक उत्तरदायित्व र नेतृत्व क्षमता बढाउने उल्लेख गरिएको छ । उदाहरणका लागि, विद्यालयमा सांस्कृतिक कार्यक्रम, लोककथा वाचन, परम्परागत गीत-नृत्य सिकाउने अभ्यासले बालबालिकामा आत्म-पहिचान र आत्म-सम्मान बढाउँछ ।
प्रवृत्तिसँग मेल खाने शिक्षा :
व्यावहारिक र सान्दर्भिक सिकाइ शिक्षा बालबालिकाको स्वाभाविक प्रवृत्ति, रुचि, आवश्यकता अनुसार हुनुपर्छ । अहिलेको पुस्ता सहभागिता, अन्वेषण र व्यावहारिक सिकाइमा रुचि राख्दछ । त्यसैले, शिक्षाले बालबालिकालाई नर्स सशक्त र प्रेरित गर्नुपर्ने हुन्छ । यसका लागि शिक्षामा विद्यार्थीको सक्रिय सहभागिता आवश्यक छ ।
शिक्षामा : शैक्षिक समग्र विकास
शिक्षण संस्थाले विद्यार्थीलाई शैक्षिक ज्ञानमात्र होइन, सामाजिक, शारीरिक, मानसिक र भावनात्मक रूपमा पनि सक्षम बनाउनुपर्छ । त्यसैले, खेलकुद, संगीत, कला, ध्यान, सामाजिक सेवा, नेतृत्व कार्यक्रम जस्ता सहपाठ्यक्रम गतिविधिले विद्यार्थीको आत्म–विश्वास, अनुशासन र सहयोग भावना विकास गर्छ । शिक्षाको उद्देश्य केवल कक्षामा पढाउने वा परीक्षा पास गराउने होइन । शिक्षा भनेको जीवनका लागि तयार गर्ने प्रक्रिया हो । जब शिक्षालाई प्रकृति, प्रविधि, संस्कृति र समसामयिक प्रवृत्तिसँग जोडिन्छ, तबमात्र त्यो साँचो अर्थमा प्रभावकारी र समग्र हुन्छ ।
यस्ता विद्यार्थी नै भोलिका वैश्विक नागरिक, सक्रिय योगदानकर्ता, सशक्त नेतृत्वकर्ता बन्छन् जसले समाज र राष्ट्रको निर्माणमा योगदान दिन्छन् तर यो लक्ष्य प्राप्त गर्न शिक्षक, विद्यालय व्यवस्थापन र अभिभावक सबैको सहकार्य अपरिहार्य छ ।
शिक्षकको जिम्मेवारी
शिक्षकहरू केवल जानकारी दिने पात्र होइनन्, उनीहरूले मार्गदर्शक, प्रेरक र अनुकरणीय व्यक्तित्वको रूपमा कार्य गर्नुपर्छ । शिक्षण पद्धति समावेशी, प्रयोगात्मक र मूल्य-आधारित हुनुपर्छ ।
विद्यालय व्यवस्थापनको जिम्मेवारी
विद्यालय व्यवस्थापनले शिक्षालाई सशक्त बनाउने वातावरण सिर्जना गर्नुपर्छ । सहपाठ्यक्रम कार्यक्रम, प्रविधिमैत्री कक्षा, हरित परियोजना, संस्कृतिक गतिविधि र शिक्षक तालिममार्फत समग्र शिक्षालाई प्रवद्र्धन गर्नुपर्छ ।
अभिभावकको जिम्मेवारी
अभिभावकहरू बालबालिकाका पहिलो शिक्षक हुन् । उनीहरूले घरमा नैतिक मूल्य, सामाजिक व्यवहार र आत्म-अनुशासन जस्ता गुणहरू विकास गर्न साथ दिनुपर्छ । विद्यालयसँग निरन्तर संवाद, समर्थन र सहभागिता जनाएर अभिभावकले बालबालिकाको समग्र सिकाइमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्छन् । अन्ततः जब शिक्षक, व्यवस्थापक र अभिभावक एउटै लक्ष्यतर्फ समर्पित हुन्छन् तबमात्र शिक्षाले बालबालिकालाई सजग, सक्षम र संवेदनशील नागरिक बनाउन सक्छ । आउनुहोस्, हामी सबै मिलेर शिक्षालाई केवल किताबी होइन, जीवन उपयोगी र मूल्य–आधारित यात्रा बनाऔं ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच