
काठमाडौं । पछिल्लो समय भारतमा कोराना भाइरसको संक्रमण बढ्दै जाँदा नेपालमा पनि बिरामी देखिएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल) मा परीक्षण गराएका मध्ये पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले पछिल्लो एक हप्तामा जँचाउन आएकामध्ये पाँच जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
उनीहरू ज्वरो लगायतका शंकास्पद लक्षण लिएर आएका थिए । परीक्षणका क्रममा कोरोना पुष्टि भएको हो । ‘ज्वरो लगायतका लक्षण लिएर आएका बिरामीको परीक्षण गर्दा पाँच जनालाई संक्रमण पुष्टि भएको छ,’ डा. बसौलाले भन्नुभयो, ‘तर उनीहरू भर्ना हुनुपर्ने खालका संक्रमित छैनन् ।’ चिकित्सकका अनुसार ती बिरामीलाई घरमा छुट्टै आइसोलेनमा बस्नुपर्ने सुझावसहित पठाइएको छ । तर, एकजना संक्रमितलाई भने क्याबिनमा भर्ना गरिएको छ । उनको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । उनी भक्तपुरवासी रहेको अस्पतालले जनाएको छ । कुनै ट्राभल हिस्ट्रीसमेत नरहेको अस्पतालले जानकारी दिएको छ । स्रोतका अनुसार उनले आठ दिन नर्भिक अस्पतालमा उपचार गरेका थिए । त्यसपछि रिफर लिएर टेकु आइपुगेका हुन् । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाइएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का निर्देशक डा. चन्द्रभाल झाले भारतमा कोरोना संक्रमित संख्या बढेसँगै नेपालमा पनि त्यसको केही प्रभाव परेको बताउनुभयो । ‘दुई–चार दिन अगाडि भारतबाट आउने मानिसको सिमाना क्षेत्रमा चेकजाँच गर्दा केही मानिसमा संक्रमण पुष्टि भयो,’ डा. झाले भन्नुभयो, ‘तर आजभोलि संक्रमणको केस रिर्पोट भएको छैन ।’
टेकु अस्पतालले निरन्तर कोरोना संक्रमणबाट बँच्नका लागि आकस्मिक कक्षबाट खोप पनि दिँदै आएको छ । जनस्वास्थ्यविद्हरू भने कोरोना महामारीकै रूपमा देखा नपरे पनि समाजमा सामान्य रूपमा घुमिरहने बताउँछन् । विगत पाँच वर्षमा नेपालमा कोरोनाका कारण १२ हजार जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।
कोरोना भाइरस रोगका लागि स्थापित भइसकेकाले बेला-बेला फाट्टफुट्ट देखिने सम्भावना रहिरहेको धुलिखेल अस्पताल, मोलिक्युलर एण्ड जिनोमिक सिक्वेन्सिङ रिसर्च ल्याबका प्रमुख डा. राजीव श्रेष्ठले बताउनुभयो । ‘कोरोना रुघाखोकी, हैजा वा दादुरा जस्तै गरी बसिरहन्छ । यसबारे सतर्कता अपनाउनुपर्छ,’ डा. श्रेष्ठले भन्नुभयो, ‘नयाँ-नयाँ भेरियन्ट आउँदा संक्रमण र त्यसबाट पर्ने गम्भीर असरबाट जोगिन खोप लगाउनुपर्छ ।’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का अनुसार पछिल्लो समयसम्म देशभर १६ जना सक्रिय संक्रमित छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच