
काठमाडौं । मोहम्मद अफ्ताव आलमको फैसला गर्ने न्यायाधीश खुसीराम थारूमाथि मसी फालेर दुर्व्यवहार भएको छ । उहाँमाथि उच्च अदालत परिसरभित्रै मसी फालिएको हो । दुर्व्यवहार गर्दै गरेको भिडियो सार्वजनिक भएको छ । जेठ १४ गते न्यायाधीश थारू र अर्का न्यायाधीश अर्जुन महर्जनको इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्टाउँदै आलमलाई सफाइ दिएको थियो । रौतहट जिल्ला अदालतका तत्कालीन न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान कसुरमा उहाँलाई दोषी ठहर गरेको थियो । त्यसलाई उट्याउँदै थारू र महर्जनको इजलासले सफाइ दिएपछि जनमानसमा असन्तुष्टि पैदा भएको थियो ।
संविधानसभा निर्वाचनताका २०६४ चैत २७ गते रौतहटको साबिक राजपुर फरहदवा-४ मा रहेको कांग्रेस उम्मेदवार मोहम्मद अफताब आलमको घरमा बम विस्फोट भएको थियो । विष्फोटमा परी घाइते भएकालाई इँटा भट्टामा लगेर जलाइएको दाबी गरिएको छ ।
न्यायाधीश थारूलाई मोसो दल्ने तीनजना पक्राउ
मान्छेलाई जिउँदै इँट भट्टामा जलाएर हत्या गरेको आरोप लागेका आलमलाई उच्च अदालत जनकपुर वीरगञ्ज इजलसबाट सफाइ दिने न्यायाधीश खुसीप्रसाद थारूलाई मोसो दल्ने तीनजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी किशोर लम्सालका अनुसार पक्राउ पर्नेमा गर्भु महतो, पदमबहादुर मगर र अविनाश भन्ने किशोर कुमार छन् । न्यायाधीशलाई मसी छ्यापेर दुव्र्यवहार गर्ने नेकपा (बहुमत)का कार्यकर्ता भएको खुलेको छ । धर्मेन्द बास्तोला नेतृत्वको नेकपा बहुमतका तीन कार्यकर्ताले अदालत परिसरभित्रै छिरेर न्यायाधीशमाथि दुव्र्यवहार गरेको प्रहरीले जानकारी दिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी बहुमत जिन्दावाद भन्दै न्यायाधीश बसेको स्थानमै छिरेका उनीहरूले न्यायाधीशलाई जनताको कर खाने, जनताकै विरुद्धमा फैसला गर्ने भन्दै मसी छ्यापेका थिए । पक्राउ परेका तीन कार्यकर्तामध्ये प्युठान गौमुखी ६ घर भई हाल कुपण्डोल बस्ने अविनाश भन्ने किशोर कुँवर रहेका छन् । उनी नेकपा बहुमतकै केन्द्रीय सदस्य रहेको खुलेको छ ।
त्यसैगरी, सर्लाही बरहथवा नगरपालिका–२ का ४३ वर्षीय पदमबहादुर मगर रहेका छन् । उनी नेकपा (बहुमत)का जिल्ला इञ्चार्ज रहेका छन् । त्यसैगरी, अर्का सिराहा गोलबजार नगरपालिकाका ४८ वर्षका गर्भु महतो रहेका छन् । उनी पार्टीका जिल्ला समिति सदस्य रहेको प्रहरीले जनाएको छ ।
बिहीबार दिउँसो करिब ४ बजेतिर वीरगञ्जमा इजलास बसिरहेको समयमा थारूमाथि उनीहरूले मोसो फालेका थिए । उनीहरूले नेकपा बहुमत पार्टी जिन्दावाद, जनताको कर खाएर जनताविरुद्ध फैसला गर्न पाइँदैन भन्दै मोसो फालेका थिए ।
‘कानुन हातमा लिएर इन्साफ हुन सक्दैन’ : नेपाल बार
नेपाली कांग्रेसका पूर्वसांसद अफ्ताव आलमलाई सफाइ दिने न्यायाधीशमाथि मसी प्रहार गरिएको प्रति नेपाल बार एसोसिएसनले आपत्ति जनाएको छ । बारले कानुनले प्रदान गरेको अख्तियारी प्रयोग गरी न्यायाधीशले फैसला गर्न पाउने भन्दै विवादित विषयमा सत्य निक्र्योल गर्ने काम पनि अदालतकै भएको बताएको छ ।
‘कानुनले प्रदान गरेको अख्तियारी प्रयोग गरी न्यायाधीशले फैसला गर्न पाउँदछन् र गर्नुपर्दछ भन्ने कुरामा नेपाल बार एसोसिएसन स्पष्ट छ,’ बारको विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि विवादमा विभिन्न मत देखापर्न सक्दछन् । ती विवादित मतमध्ये सही के हो भनी ठहर्याउने कार्य न्यायिक प्रक्रियामार्फत न्यायालयकै हो । कुनै पनि विवादमा न्यायालय बाहेकले सही गलत छुट्याउने कार्य धेरै अघि यस समाजबाट उन्मूलन भइसकेको कुरा हो । त्यस्तो कार्यको पुनःस्थापना हुन सक्दैन ।’
न्यायालयको फैसलामा चित्त नबुझे पुनरावेदन गर्न पाउने हक रहेको भन्दै बारले कानुन हातमा लिन नमिल्ने बताएको छ । ‘न्यायाधीशको विवेक प्रयोगमा असर पुर्याउने तथ्य, प्रमाण र कानुनबाहेक अरू हुन सक्दैन,’ बारले भनेको छ, ‘कानुन हातमा लिनेको चाहनामा इन्साफ हुन सक्दैन, गर्न मिल्दैन । इन्साफमा चित्त नबुझ्नेले पुनरावेदन गर्न पाउने हक कानुनले प्रदान गरेको छ ।’
न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता महेश नेपाल सिफारिश
न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता महेशकुमार नेपालको नाम सिफारिश गरिएको छ । न्याय परिषद् सदस्यमा सरकारको सिफारिशमा राष्ट्रपतिले नियुक्त गर्ने कोटाअन्तर्गत उहाँको नाम सिफारिश गरिएको हो । न्याय परिषद्मा यसअघि सिफारिश सदस्य रामप्रसाद भण्डारीको कार्यकाल आउँदो असार १० गते सकिँदै छ । उहाँका स्थानमा प्रधानमन्त्रीबाट नेपालको नाम सिफारिश भएको हो । संघीय संसद् अन्तर्गतको संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरे राष्ट्रपतिले नियुक्त गर्नसक्ने व्यवस्था छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच