
समाचार सारांश
-
चैत १५ मा तीनकुनेमा भएको प्रदर्शनको आरोपमा दुर्गा प्रसाईंसहित ७ जनालाई थुनामा पठाउने आदेश अदालतले दिएको छ।
-
३२ जनालाई धरौटीमा रिहा गर्ने आदेश दिइएको छ भने एटिएफका हरिहर चौलागाईंसहित तीन जनालाई १ लाख धरौटीमा छुटाइएको छ।
-
सरकारको अभियोगमा राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, ज्यान मार्ने उद्योग लगायतका आरोप छन्।
-
कुल ५० जनाविरुद्ध अभियोजन गरिएकोमा ३९ जना हिरासतमा थिए।
काठमाडौं । गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शन गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईँसहित सात जनालाई काठमाडौं जिल्ला अदालतले थुनामा पठाउन आदेश दिएको छ ।
तीनकुने घटनाबारे थुनछेक बहस पुरा भएसँगै बिहीबार राति न्यायाधीश ध्रुबराज कार्कीको इजलासले ज्यान मुद्दामा अभियोजन गरिएकामध्ये जम्मा ७ जनालाई थुनामा पठाउन आदेश गरेको हो । बाँकी ३२ जनालाई अदालतले धरौटीमा रिहा गर्न आदेश गरेको छ ।
अदालतले प्रसाईंसहित सरोज गौतम, गोकर्ण शाही, डण्डपाणि रेग्मी, शुसिल बराल, केशव बस्नेत र जित बहादुर श्रेष्ठ लाई थुनामा पठाउन आदेश गरेको छ ।
२०८१ चैत १५ मा काठमाडौँको तीनकुनेमा पूर्व राजाको पक्षमा प्रदर्शनको नाममा अवाञ्छित गतिविधि गरेको आरोपमा सरकारी वकिलले ५० जनाविरुद्ध राज्यविरुद्ध समेतको कसुरमा जेठ ११ मा अभियोजन गरेको थियो । तीमध्ये दुर्गा प्रसाईंसहित ३९ जना प्रहरीको हिरासतमा थुनामा थिए ।
दुर्गा प्रसाईँ समर्थक युवा समूह एटिएफमा आबद्ध हरिहर चौलागाईं लाई १ लाख धरौटीमा रिहा गर्न आदेश गरिएको छ । सन्तोष राजावादी भनेर चिनिने सन्तोष कुमार सिलवाललाई १ लाख र हेमराज थारु ‘भिम’लाई अदालतले १ लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ ।
प्रसाईंविरुद्ध सरकारले राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदाबी लिएको थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच