
समाचार सारांश
-
एयर इन्डियाको विमान दुर्घटनामा २४२ मध्ये २४१ जनाको मृत्यु, एक जना मात्र बाँच्न सफल।
-
मृतकमध्ये १६९ भारतीय, ५३ बेलायती, एक पोर्चुगिज र एक क्यानेडियन नागरिक छन्।
-
विमानमा सवा लाख लिटर इन्धन हुँदा आगो नियन्त्रण गर्न नसकिने अवस्था भएको थियो।
-
शव पहिचानका लागि डिएनए परीक्षण सुरु गरिएको छ, एक मात्र बाँच्नुभएका यात्रु अस्पतालमा छन्।
काठमाडौं । भारतीय राज्य गुजरातको अहमदाबादमा बिहीबार दिउँसो भएको एयर इन्डियाको विमान दुर्घटनामा चालक दलका सदस्यसमेत कुल २४२ यात्रुमध्ये २४१ जनाको मृत्यु भएकाे पुष्टि भएको छ। एक जना मात्र बाँच्न सफल भएका छन्। विमानमा सवार २४२ मध्ये २३० यात्रु र १२ चालक दलका सदस्य थिए।
मृतकमा चालक दलका १२ सदस्य छन् भने यात्रु २२९ जना छन्। एयर इन्डियाका अनुसार मृतक यात्रुहरूमा १६९ भारतीय, ५३ बेलायती, एक पोर्चुगिज र एक क्यानेडियन नागरिक छन्।
गृह मन्त्री अमित शाह घटनास्थलमा पुगेपछि जानकारी दिँदै भन्नुभयो, ‘सवा लाख लिटर इन्धनका कारण आगो अत्यधिक भएकोले उद्धार असम्भवजस्तै भएको थियो । प्रायः सबै शव निकालिएको छ।’
यस दुर्घटनामा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणीको पनि निधन भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले यस घटनालाई 'शब्दमा व्यक्त गर्न नसकिने पीडादायी' भन्दै समवेदना प्रकट गर्नुभएको छ। अमेरिका, बेलायत, क्यानडा, पाकिस्तान, बङ्गलादेश र माल्दिभ्स लगायतका नेताहरूले पनि दुःख व्यक्त गरेका छन्।
दुर्घटनामा विमानको सिट नम्बर ११एमा बसेका विश्वास कुमार रमेश नामका भारतीय मूलका बेलायती नागरिक मात्र बाँच्न सफल हुनुभएको हो । अहिले उहाँ अस्पतालमा उपचार गराइरहनुभएको छ ।
शवको पहिचानका लागि भारत र विदेशमा रहेका मृतकका आफन्तहरूको डिएनए परीक्षण सुरु गरिएको छ। गुजरातमा १००० भन्दा बढी डिएनए टेस्ट गरिने सरकारको भनाइ छ। गृह मन्त्री शाहले जिवित बचेका एक यात्रुसँग भेटघाट गर्नुका साथै उद्धार कार्यमा सरकारका सबै निकाय खटिएको जानकारी दिनुभयो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच