
काठमाडौं । अहमदाबादमा भएको एयर इण्डिया विमान दुर्घटनामा एक यात्रु जीवित फेला गर्नुभएकाे छ। अहमदाबादका प्रहरीले विमानको ११ए सीटमा बसेका यात्रु जीवितै भेटिएको बताएको छ ।
अहमदाबादका प्रहरीका आयुक्त जी.एस. मलिकले जानकारी दिँदै भन्नुभयाे, “प्रहरीले सीट नम्बर ११ए मा एक जीवित व्यक्ति फेला पारेको छ। ती व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको छ र हाल उपचार भइरहेको छ। हालसम्म मृत्यु हुनेको सङ्ख्याबारे केही भन्न सकिने अवस्था छैन, तर विमान आवासीय क्षेत्रमा खसेको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने सम्भावना छ।”
भारतीयसञ्चार माध्यमका अनुसार ४० वर्षीय विश्वास कुमार रमेश जीवितै भेटिनुभएकाे हाे । उहाँले आफूमाथि बितेको क्षणको बयान दिनुभएकाे छ। उहाँले भन्नुभयाे, “उडान भरेको करिब तीस सेकेन्डपछि एक जोरको आवाज आयो र त्यसपछि विमान खस्यो। यो सबै एक्कासी भयो। म बाँच्नु चमत्कार नै हाे । जब म होशमा आएँ, मेरो चारैतिर शवहरू बिछिएका थिए। म अत्यन्तै डराएँ र त्यहाँबाट भागेँ। विमानका टुक्रा चारैतिर छरिएका थिए। कसैले मलाई समातेर एम्बुलेन्समा राख्यो र अस्पताल पुर्यायो।”
विश्वास बेलायतका नागरिक हुनुहुन्छ । उहाँ केही दिनका लागि परिवारसँग भेटघाट गर्न भारत आउनुभएकाे थियाे । उहाँ आफ्ना ४५ वर्षीय दाजु अजय कुमार रमेशसँग बेलायत फर्कंदै हुनुहुन्थ्याे । विश्वासले बताएअनुसार उहाँ विगत २० वर्षदेखि लन्डनमा बस्दै आउनुभएकाे छ र उहाँकी पत्नी तथा छोराछोरी पनि त्यहीँ बस्नुहुन्छ ।
यता बेलायतका महाराजा चार्ल्स तृतीयले अहमदाबादमा भएको यो भयावह दुर्घटनाबाट आफू र महारानी कैमिला स्तब्ध भएको प्रतिक्रिया दिनुभएकाे छ ।
यस्तै गुजरात सरकारले विमानमा सवार यात्रुका आफन्तहरूलाई शवको पहिचानका लागि डीएनए नमुना दिन अपिल गरेको छ। दुर्घटना अत्यन्तै भीषण भएको हुनाले धेरै शवहरूको पहिचान गर्न मुस्किल परिरहेको बताइएको छ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच