
काठमाडौं । इजराइलले शुक्रबार बिहान इरानमाथि हमला गरेको औपचारिक पुष्टि गरेको छ। इजराइल र इरानबीच लामो समयदेखि चलिरहेको तनावको यो सबैभन्दा ठूलो र प्रत्यक्ष कारबाही मानिएको छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यो एउटा विशेष सैन्य अभियान भएको जनाउनुभएको छ । उहाँले भन्नुभयो, “यो अभियान इरानबाट उत्पन्न हुने खतरालाई रोक्ने उद्देश्यले गरिएको हो। जबसम्म खतरा अन्त्य हुँदैन, अभियान जारी रहनेछ।”
अमेरिकी विदेश मन्त्री मार्को रुबियोले भने अमेरिका यो कारबाहीमा संलग्न नरहेको स्पष्ट पार्नुभएको छ। उहाँले भन्नुभयो, “हाम्रो प्राथमिकता हाम्रो सैनिकहरूको सुरक्षामात्र हो।”
संयुक्त राष्ट्रसंघको परमाणु निगरानी संस्थाले यसै हप्ता सार्वजनिक गरेको रिपोर्टमा इरानले पछिल्ला २० वर्षयता पहिलोपटक परमाणु नियमहरूको पालना नगरेको उल्लेख गरिएको छ। यही रिपोर्ट इजरायलको कारबाहीको एउटा प्रमुख कारण मानिएको छ।
भारतले इजराइलस्थित आफ्ना नागरिकहरूलाई सुरक्षित रहन अपिल गरेको छ। इजराइलस्थित भारतीय दूतावासले जारी गरेको सतर्कता सन्देशमा भनिएको छ, “इजराइलमा रहनुभएका सबै भारतीय नागरिकहरूलाई इजरायली प्रशासन र होम फ्रन्ट कमाण्डद्वारा जारी सुरक्षा निर्देशनहरूको पालना गर्न सल्लाह दिइन्छ। अति आवश्यक नपरेसम्म बाहिर ननिस्कनुहोस्। देशभित्रको यात्रा पनि सकेसम्म टार्नुहोस् र सुरक्षात्मक शेल्टर नजिकै रहनुहोस्।”
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच