
तेहरान । इजरायलले शुक्रबार सबेरै बिहान गरेको आक्रमणमा इरानको रिभल्युसनरी गार्ड कोरका प्रमुखसहित केही वरिष्ठ सैन्य कमाण्डर मारिएको दाबी गरिएको छ ।
शुक्रबार बिहानै इजरायलले इरानको राजधानी तेहरानसहितका कयौं शहरलाई लक्षित गरी हवाई आक्रमण गरेको हो। इजरायलले सैन्य कारबाहीलाई ‘अपरेशन राइजिङ लायन’ को नाम दिएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आक्रमणलाई ‘निर्णायक क्षण को संज्ञा दिनुभएको छ ।
इजरायलले तेहरानमा अवस्थित रिभोल्युसनरी गार्ड कोरको मुख्यालयलाई लक्षित गरी हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। इजरायली आक्रमणमा इरानको रिभोल्युसनरी गार्ड कोरका प्रमुख हुसेन सालामीको मृत्यु भएको इरानको तस्निम समाचार संस्थाले उल्लेख गरेको छ।
उहाँसँगै अरु केही वरिष्ठ सैन्य कमाण्डर र आणविक वैज्ञानिक पनि मारिएको जनाइएको छ। इजरायली आक्रमणमा इरानका आणविक वैज्ञानिक मोहम्मद महदी तेहरानची र फेरेयोदुन अब्बासी पनि मारिएका छन्।
अलजजीराका अनुसार इजरायली आक्रमणमा दुई प्रमुख इरानी आणविक वैज्ञानिक मोहम्मद मेहदी तेहरानची र फेरेदुन अब्बासी पनि मारिनुभएको छ । उता इजरायलले इरानका सेना प्रमुख मोहम्मद बघेरी, अन्य वरिष्ठ सेना अधिकारी र केही वरिष्ठ आणविक वैज्ञानिक पनि आक्रमणमा मारिएको दाबी गरेको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच