धादिङ । मुग्लिन-मलेखु सडकखण्ड जेठ ३० गते अर्थात् आजदेखि आगामी असार ७ गतेसम्म रातिको समयमा सवारी आवागमन बन्द हुने भएको छ । सडकको मर्मत कार्य अगाडी बढाउने भन्दै उक्त सडक खण्ड बन्द गर्न लागिएको हो ।
नागढुंगा-मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)का प्रमुख केदारप्रसाद नेपालका अनुसार सडकको बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसिसी बिम राख्ने कामका लागि सवारी बन्द गर्न लागिएको हो ।
आजदेखि देखि असार ७ गतेसम्म राति १०ः३० बजेदेखि बिहान ३ बजेसम्म अत्यावश्यक बाहेक सबै सवारीसाधन बन्द गरिने नेपालले बताउनु भयो ।
मलेखुबाट मुग्लिनतर्फ जाने भारी सवारीसाधनहरू मुग्लिन र हलुका सवारीसाधनहरू कुरिनटारमा रोकिनेछन् । यसैगरी, मलेखुबाट मुग्लिनतर्फ जाने भारी सवारीसाधनहरू मलेखु र हलुका सवारीसाधनहरू शितलबजारमा रोकिनेछन् ।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…